<p><b>पुस १६, काठमाडौँ |</b> नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।<br></p><p>उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ । प्रेस संयोजक आचार्यका अनुसार साँझ ५ बजेमात्र मिडिया सेन्टरमा प्रवेश दिने आचार्यको भनाइ । महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट पनि खोलिएको छ । </p>
December 31, 2021
काठमाडौँ - KTM, समाज
माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी, प्रवेशमा थप कडाइ
समाचार सेयर गर्नुहोस्
By kit
2 मिनेट पढाइ
