Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गर्भवतीको हवाई उद्धार

By kit 2 मिनेट पढाइ

<p><b>पुस १८, काठमाडौँ |</b> डिकुवामा स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि&nbsp; हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भीमादेवी राईको शनिबार हवाई उद्धार गरिएको छ । उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ&nbsp; रिफर गरेको जनाइएको छ । ।&nbsp;<br></p><p>काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा शल्यक्रिया गरेर नबजात शिशु निकालिए पनि शिशु जीवित नरहेको भीमादेवीका श्रीमान् प्रविन राईले जानकारी दिनुभयो&nbsp; । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई भीमादेवीको हवाई उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।&nbsp; आर्थिक वर्ष २०७५÷७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म २४ गर्भवतीको उद्धार गरिएको छ ।</p>