२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडक मिचेर बनेका संरचना हटाइदै

२०७८, २१ पुष बुधबार ०७:३४

पुस २१, काठमाडौँ | रासस | सडक मिचेर बनेका भौतिक संरचना हटाउन थालिएको छ । सडक डिभिजन कार्यालय जुम्लाले एक महिनादेखि थालेको सडक सुरक्षा अभियान अन्तरर्गत सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज एकजुट भएर सडक अतिक्रमण हटाउन थालिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।  

सडक अतिक्रमण हटाउने काम राम्रो भएको नागरिक समाज जुम्ला अध्यक्ष राजबहादुर महतले बताउनुभयो । पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउन बहस हुने गरेको थियो । सडकमा निर्माण भएका घर टहरादेखि अन्य भौतिक संरचना हटाउने काम जनमुखी भएको नागरिक समाजका अध्यक्ष महतले बताउनुभयो । 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार सडकमा जथाभावी रुपमा राखिएका निर्माण सामग्री हटाइएको छ । अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको छ । पहिलो चरणमा बसपार्क क्षेत्रको निर्माण सामग्री हटाइको छ । नापी गरी सकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संचरना भत्काउने तयारी रहेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । 

नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनुपर्ने छ । त्यसमा एक मिटर फुटपाथका लागि छुट्याइएको थियो । पछिल्लो समय फुटपाथसमेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन् । त्यसैले सडक क्षेत्र पूरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सुचित गरिने र अटेरी गरे एकहप्ताभित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठले बताउनुभयो ।

 सदरमुकाम खलङ्गा बजार मात्रै नभइ तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहिमा पनि सडक अतिक्रमण बढेकाले हटाउने अभियान रहेको सडक डिभिजनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभइ अतिक्रमण भएको सबै क्षेत्र सहमति वा बल प्रयोग गरेर भए पनि हटाइने बताउनुभयो । सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व भएको उहाँको भनाइ छ ।  

अतिक्रमण हटाउन प्रहरी प्रशासन, सडक डिभिजनले मात्र सम्भव नभएकोले आम नागरिकको सहयोग आवश्यक रहेको प्रजिअ प्रसाईंले बताउनुभयो । मङ्गलबार डोजर प्रयोग गरेर भत्काइने घरको आँगन, पर्खाल तथा निर्माण सामग्री हटाइएकोमा केही स्थानीयवासीले विरोधसमेत गरेका थिए । अतिक्रमण भएको जग्गा छोड्न तयार भएको तर नापी नक्शा गरेर मात्रै छोड्ने स्थानीयवासीको माग रहेको छ । 

सडक डिभिजनले अतिक्रमण भएको क्षेत्रमा चिन्ह लगाएको छ । केही दिनमा खाली नगरे सिधँै डोजर प्रयोग गरेर भत्काइनेसमेत चेतावनी दिइएको छ । सडक डिभिजन जुम्लाले पटक–पटक सार्वजानिक सूचनामार्फत कर्णाली राजमार्ग अन्तर्गत विभिन्न खण्डमा घर टहरा, घुम्ती पार्किंङ र निर्माण सामग्री हटाउन वा सडक अतिक्रमण नगर्न अनुरोध गरेपनि स्थानीयवासीले अटेरी गदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा