Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मौसम पूर्वानुमान : वर्षा र हिमपातको सम्भावना

By kit

पुस २८, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ सहित देशका पहाडी भू–भागहरूमा सामान्य बदली छ। बाँकी स्थानहरूमा आंशिक बदली छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ।

बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ।

बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।