१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक सभा सम्पन्न

२३ आश्विन २०७२, शनिबार १६:०५

finance news

असोज-२३ काठमाडौँ । देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा आज
सतुंगल पार्टि प्यालेस, सतुगंलमा यसको वार्षिक प्रतिवेदन सर्वजनिक गरी सम्पन्न भएको छ।

सहकारी ऐन २०४८ अनुसार वि.सं. २०६५ सालमा स्थापित देव दर्शन बचत तथा ऋण सहकारी
संस्थाले निरन्तर रुपमा सहकारिताको क्षेत्रमा कार्य गर्दै आएको छ। आाफ्नो स्थापना कालको सातौँ वर्षमा
प्रवेश गरेको उपलक्ष्यमा यसले साधारण सभाको आयोजना गरेको हो। करिब ८ सय सेयर धनीहरुको संलग्नता रहेको
कार्यक्रममा देव दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम नारायण घिमिरेले अयब्ययको बारेमा विवरण
प्रस्तुत गर्नुभएको थियो। उहाँका अनुसार सहकारीको आर्थिक वर्ष ७१/०७२ कुल अम्दानी ४ करोड १० लाख ४६ हजार
३ सय १९ रुपैँया ४६ पैसा रहेको छ भने कुल खर्च ३ करोड ८१ लाख ९५ हजार नौ सय रुपैयाँ ४४ पैसा रहेको छ ।
साथै संस्थाले २८ लाख ५० हजार ४ सय १९ रुपैँया २ पैसा मुनाफा आर्जन गरेको छ। संस्थाको शेयर पुँजी भने
जम्मा १ करोड ५४ लाख ८४ हजार ८ सय रहेको छ। यसै गरी संस्थाका ब्यवस्थापन समितिका वरिष्ठ सहायक पेशल
खतिवडाले संथाको ब्यवस्थापकिय पक्षहरु प्रकाश पार्नु भएको थियो ।

finance news 2

कार्यक्रममा सुचना तथा संचार मन्त्रालयका उपसचिव कृष्ण खनाल, डा. चन्द्र बहादुर
अधिकारी तथा डा. दैनिक बहादुर कार्की लगायत अन्य अतिथिहरुको पनि संलग्नता रहेको थियो। कार्यक्रममा
सहकारिका उत्कृष्ट कर्मचारीहरु नवीना श्रेष्ठ र सानु के.सी.लाई पनि सम्मान गरिएको थियो । साथै
एस.एल.सीमा उत्कृष्ट अंक ल्याउन सफल सेयर होल्डर सदस्य ग्रिष्मा थापामगरलाई पनि कार्यक्रममा सम्मान
गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार