कात्तिक
१८, काठमाठौ । नेपाल राष्ट्रिय निर्माण ब्यवसायी संगठनको राजधानीमा सम्पन्न भेलाले रोहिणी
शिवाकोटीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ ।
दुई दिने भेलाले संगठनको उपाध्यक्षमा बिष्णु श्रेष्ठ, सचिबमा नाम्गेल मोक्तान, र कोषाध्यक्षमा
साङ्गे तामाङ चयन गरेको हो । सचिव नाम्गेल मोक्तानका अनुसार सदस्यमा हरि सिवाकोटी र केशब गौतम लगायत चयन
भएका छन् । संगठनले नयाँ नेपाल निर्माणमा जोडदार संग लाग्नुपर्ने र सवै व्यबसायीहरुमा राष्ट्रवादी आचरण
हुनु पर्ने जनाएको छ ।
हाल संगठनको २० भन्दा बढि जिल्लाहरुमा
संगठन –शाखा बिस्तार भएको जनाईएको छ ।