माघ ५, काठमाडौँ | काठमाडौँको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ । काठमाडौँको कोटेश्वर, गौशाला, चावहिल, गोँगबु, माछापोखरी, कलङ्कीलगायतका क्षेत्रमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौँ | काठमाडौँको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ । काठमाडौँको कोटेश्वर, गौशाला, चावहिल, गोँगबु, माछापोखरी, कलङ्कीलगायतका क्षेत्रमा "/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चक्रपथ वरपर ट्राफिक व्यवस्थापनमा समस्या

५ माघ २०७८, बुधबार ०६:५४

माघ ५, काठमाडौँ | काठमाडौँको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ । काठमाडौँको कोटेश्वर, गौशाला, चावहिल, गोँगबु, माछापोखरी, कलङ्कीलगायतका क्षेत्रमा टिकट काउण्टर र बसपार्क बनाउँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ । लामो तथा छोटो दूरिका सवारीसाधन गोँगबुस्थित नयाँबसपार्क र पुरानो बसपार्कभित्रबाट मात्र सञ्चालन हुनुपर्ने व्यवस्था भए पनि जथाभावी रुपमा सञ्चालन गर्दा सडकमा लामो समयसम्म सवारी जाम हुने गरेको छ ।  

नुवाकोट, रसुवालगायतका जिल्लामा  सञ्चालन हुँदै आएको नमस्ते पासाङल्हामु यातायात प्रालिका अध्यक्ष कुलबहादुर खड्गीले माइक्रोबस र ठूला बस एकैठाउँबाट सञ्चालन नगर्दा आफूहरु सडकबाट ठूला सवारीसाधन चलाउन बाध्य भएको गुनासो गर्नुहुन्छ ।

उहाँ भन्नुभयो, “माइक्रोबस माछापोखरीबाट सञ्चालन हुँदै आएको छ, बसमायात्रा गर्ने यात्रुलाईसमेत माइक्रोबसले ओसार्न थालेपछि हामी माछापोखरीबाट बस चलाउन बाध्य भएका हौँ ।” बस र माइक्रोबसलाई छुट्ने स्टेशन एउटै बनाउनुपर्ने उहाँको भनाइ छ । हाल  माछापोखरी क्षेत्रबाट रसुवा र नुवाकोटमा दैनिक ३० भन्दा बढी सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् । 

यस्तै, गोँगबु चोकदेखि नयाँ बसपार्कसम्मको सडकबाट पोखरा, स्याङ्जा, म्याग्दी, बाग्लुङ, बेनी, बुटवल, लमजुङलगायतका स्थानका माइक्रोबस तथा ठूला बस सञ्चालन हुँदैआएका छन् । चितवन र हेटौँडा चल्ने माइक्रोबस भने कलङ्कीको सडकबाट  सञ्चालन हुँदै आएका छन् । धादिङ चल्ने ठूला तथा साना सवारीसाधन माछापोखरी र गोरखा चल्ने माइक्रोबस बालाजुबाट सञ्चालन हुँदै आएका छन् । 

यस्तै जनकपुर, वीरगञ्जलगायका क्षेत्रमा चल्ने सवारीसाधन गौशाला र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन भने पुरानो बसपार्क हुँदै कोटेश्वरबाट सञ्चालन हुँदै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका  प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दास चक्रपथ वरपरका क्षेत्रमा भएको जाम नियन्त्रणका लागि ट्राफिक प्रहरीले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो ।

“साँघुरो सडक र धेरै सवारीसाधन हुँदा सवारी जाम हुने गरेको छ, सडक वरपर टिकट काउण्टर र बस पार्किङले ट्राफिक व्यवस्थापनमा भने फरक पारेको छैन,”उहाँले भन्नुभयो । प्रवक्ता दासका अनुसार हाल काठमाडौँ उपत्यकामा १८ लाख २० हजार सवारीसाधन सञ्चालनमा छन् भने एक हजार ५९३ ट्राफिक जनशक्ति कार्यरत छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुन्यप्रसाद ९सरोज० सिटौला यात्रुको सुविधाका लागि सवारी सञ्चालन गर्दा धेरै ठाउँमा टिकट काउण्टर र बसपार्क भएको हो भन्ननुहुन्छ । 

“यसरी धेरै ठाउँमा टिकट काउण्टर र बसपार्क बनाउँदा काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनलाई समेत असर परेको छ,” उहाँ भन्नुहुन्छ , “यातायात व्यवस्था विभाग र काठमाडौँ महानगरपालिकाले गरेको निर्णय कार्यान्वय गरेर समस्या नहुने उहाँको भनाइ छ ।” काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठ० महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँ बसपार्कमा जग्गा उपलब्ध गराएको जानकारी दिनुभयो ।

“राजधानी काठमाडौँभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधन ‘सिस्टमेटिङ’ ढङ्गले सञ्चालन हुनुपर्छ भन्ने मान्यता महानगरपालिकाले राखेको छ, सिस्टमबाहिर गएका जोकोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ, मनपरी गर्नुहुँदैन,”उहाँले भन्नुभयो । 

महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङ गर्नका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिलाई काठमाडौँ महानगरपालिका–२६ विष्णुमति खोलाको किनारामा १६१ रोपनी क्षेत्रफल जग्गा उपलब्ध गराएको छ । सोहीअनुसार ल्होत्सेले विसं २०५६ सालमा नयाँ बसपार्क निर्माण गरेर सञ्चालन गर्दै आएको छ । 

यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसाल विभाग र यातायात व्यवसायीबीच विगतमा भएका सहमति कार्यान्वयन नभए विभागले कारबाही गर्ने बताउनुहुन्छ । “सहमति कार्यान्वयन नभएको भनेर कसैले विभागमा उजूरी दिएमा हामी अनुगम टोली पठाएर अध्ययन गरी गल्ती भए कारबाही गछौँै,”– उहाँले भन्नुभयो । पछिल्लो समय राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुनु र बाटोको विस्तार नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता