<p><span style="background-color: rgb(255, 255, 255); color: rgb(0, 0, 0);">माघ ५, काठमाडौँ | चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारका अध्यक्ष यान जिन हेइले कोभिड नियन्त्रण गर्ने प्रबन्धहरूको पालना गर्दै नेपालको चासोलाई सम्बोधन गर्ने आश्वासन दिनुभएको छ ।</span><br></p><p>महावाणिज्यदूत नवराज ढकालले अध्यक्ष यानलाई उहाँको कार्यकक्षमा मङ्गलबार भेटेर नेपाली उत्पादन सतहमार्गबाट तिब्बत ल्याउने, नेपाल जाने मालबाहक सवारी साधनको सङ्ख्या बढाउन तथा सहजीकरणका निम्ति गर्नुभएको आग्रहको जवाफमा उहाँले त्यस्तो आश्वासन दिनुभएको हो । भेटका अवसरमा नेपालमा चिनियाँ लगानी प्रवद्र्धन, समसामयिक र द्विपक्षीय हितका विषका साथै सडक, रेल, प्रसारण लाइनबाट सम्पर्क सञ्जार विस्तार गर्ने सम्बन्धमा महावाणिज्यदूत ढकालले तिब्बत सरकारको ध्यानाकर्षण गराउनुभएको ल्हासास्थित नेपाली महावाणिज्यदूतवासले जनाएको छ । </p>
January 19, 2022
काठमाडौँ - KTM, समाज
नेपालको चासोलाई सम्बोधन गर्ने तिब्बत सरकारको आश्वासन
By साझासवाल
2 मिनेट पढाइ










