Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पुनः पश्चिमी वायुको नयाँ प्रणाली भित्रिने, देशका धेरै स्थानमा वर्षा सम्भावना

By साझासवाल 3 मिनेट पढाइ

फागुन ११, काठमाडौँ । शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने मौसमविदले बताएका छन् । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ मौसमविदले भन्न सकेका छैनन् । तर शनिबारसम्म प्रभाव रहनेमा भने मौसमविद निश्चिन्त छन् ।

मौसमविद हिरा भट्टराईका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । त्यसको प्रभावका कारण अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा बदली भएको छ । केही स्थानमा असिना पानी परिरहेको छ । बागमती र अन्य प्रदेशमा भने आज बदली मात्रै हुने मौसमविद भट्टराईले बताए ।

बिहीबार एक दिन पानी पर्ने सम्भावना छैन तर शुक्रबारदेखि भने पुनः पश्चिमी वायुको नयाँ प्रणाली नेपाल भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरूमा पानी पर्ने मौसमविद भट्टराईले बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा शुक्रबार सुदूरपश्चिम, कर्णाली, बाग्मती र प्रदेश १ का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै केही स्थानहरूमा मेघ गर्जन र चट्याङको समेत सम्भावना रहेको उल्लेख छ । देशका उच्च पहाडी र हिमाली भागमा हल्कादेखि मध्यम हिमपातकोसमेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

नेपालमा डिसेम्बरदेखि फेब्रुअरी महिना (मंसिर १५ देखि फागुन १६ गते)सम्मको अवधिलाई हिउँदयाम मानिन्छ । नेपालमा विगत ३० वर्षको अवधिमा हिउँदयाममा भएको वर्षाको तथ्यांकको आधारलाई निकालिएको सरदर वर्षाको तथ्यांक हेर्दा यस वर्ष शतप्रतिशत वर्षा भइसकेको छ । यस वर्षको हिउँदयाम सकिन अझै केही दिन बाँकी नै छ ।

समाचार सुन्नुहोस्

यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।