Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘एमसिसी आर्थिक सहयोगको परियोजना हुनुपर्छ ’- अध्यक्ष नेपाल

By साझासवाल 2 मिनेट पढाइ

<p>फागुन १३, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले&nbsp; मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी) परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर अगाडि बढाउनुपर्ने&nbsp; बताउनुभएको छ ।<br></p><p>समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा&nbsp; आयोजित&nbsp; पत्रकार सम्मेलनमा उहाँले&nbsp; अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व&nbsp; र यसमा नेपालीको रोजगारीको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गर्नुभयो&nbsp; ।</p><p>“यसबाट प्राप्त हुने मौद्रिक सम्पत्ति र सम्पदामा नेपालको हक&nbsp; सुरक्षित हुनुपर्दछ”, उहाँले भन्नुभयो, “परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्छ । परियोजना भनेको खासगरी अनुदानसँग जोडिएको छ भने त्यो अनुदान हुनुपर्दछ । ” अध्यक्ष नेपालले आफ्नो पार्टीले&nbsp; यथास्थितिमा नै एमसिसी सम्झौतालाई अनुमोदन गर्न नसक्ने&nbsp; स्पष्ट पार्नुभयो ।&nbsp;</p>