Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

रेखा थापासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

By साझासवाल

<p>फागुन १८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा अभिनेत्री रेखा थापासहित १४ जना मनोनीत भएका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।<br></p><p>मनोनयनमा पर्नेमा महामन्त्रीमा पराजित रेखा थापा‚ इलामकी लिलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा रहेकी छन्।</p><p>यस्तै, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रुपन्देहीकी स्वाती थापा, कपिलवस्तुकी पुष्पा रजौरिया, काठमाडौंकी लक्ष्मी तण्डुकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मीना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौंकी सावित्रा थापा रहेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख&nbsp; मोहन श्रेष्ठले जानकारी दिए।</p>