Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गर्नु छ: राजेन्द्र लिङ्देन

By साझासवाल

चैत १, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/०६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित राप्रपा निकट भूतपूर्व सैनिकहरूको संगठन भूतपूर्व सैनिक परिषद् (राप्रपा)को घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले देशमा यथास्थितिमा परिवर्तनको आवश्यकता औंल्याएका छन् ।

नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरू देशभक्त राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्ने लिङ्देनले बताएका छन् । लिङ्देनले ठूला राजनीतिक दलका गलत क्रियाकलाप र अकर्मण्यताले देशको विकास, समृद्धि र जनचाहना ओझेलमा पर्दै गएकाले अब देशभक्त नागरिक एकजुट भई तागत निर्माण गर्नुपर्ने बताएका छन् ।

‘राप्रपा शान्तिपूर्ण देशभक्तिको आन्दोलनमा अनवरत क्रियाशील भइरहेको छ,’ लिङ्देनले भने, ‘प्रजातान्त्रिक बाटोबाट देशमा परिवर्तन सम्भव छ । आसन्न स्थानीय तहको निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गरौं ।’

राप्रपाले भूतपूर्व सैनिकको संगठनको रुपमा अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद् (राप्रपा)को १०१ सदस्यीय कार्य समिति घोषणा गरेको छ ।

परिषद्को सहअध्यक्षमा डिबी थापा, सातवटा प्रदेशको प्रतिनिधित्व रहने गरी उपाध्यक्ष तथा इन्चार्जहरू, प्रदेश १ मा चन्द्रप्रसाद चापागाईं, मधेस प्रदेशमा रामबहादुर थापा, बागमती प्रदेशमा लवराज थापा मगर, गण्डकी प्रदेशमा रामकाजी राना मगर, लुम्बिनी प्रदेशमा ईश्वरीप्रसाद पाण्डे, सुदूरपश्चिम प्रदेशमा ईश्वर थापा छन् ।

यसैगरी सचिवमा केवेन्द्र जङ्ग गुरुङ, सानुराम कटवाल, सुवर्ण रोक्का, तानास शर्मा, रामबहादुर कार्की र कोषाध्यक्षमा विष्णुबहादुर गिरी छन् ।