प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहा"/>
१७ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डद्वारा जनयुद्धका घाइतेको स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण

८ चैत्र २०७८, मंगलवार ०७:४८

चैत ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी उहाँले घाइते/अपाङ्ग योद्धाका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

अध्यक्ष दाहालले जनयुद्धमा घाइते भई अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन र घाइते भई अपाङ्गता भएका व्यक्तिको लगत सङ्कलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई सूचीकृत गर्न आग्रह गर्नुभयो ।

उहाँले जनयुद्धका क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र दिन, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायत प्रगतिशील आन्दोलनमा शहीद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष दाहालले जनयुद्धका क्रममा जेल जीवनयापन गरी यातना पीडित भएका व्यक्तिलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । 

सो क्रममा प्रधानमन्त्रीले जनयुद्धका शहीद तथा बेपत्ता परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्तिको व्यवस्थापन शान्ति प्रक्रियाकै अभिन्न अङ्ग हुनाका साथै राज्यको कर्तव्य भएको उल्लेख गर्दै उक्त समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

यसअघि अध्यक्ष दाहालले आजै बिहान वीरअस्पतालमा पुगी  काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेट गरी उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको थियो । मकवानपुरको झुरझुरेमा भएको दोहोरो भिडन्तमा उहाँ घाइते हुनुभएको थियो । शान्ति प्रक्रियापछि राना वाइसिएलको जिम्मवारीमा रहनुभएको थियो ।

भीडन्तका क्रममा टाउकामा लागेको चोट बल्झिएपछि उहाँको खुट्टामा इन्फेक्सन देखिएको र त्यसका कारण दुवै खुट्टा शल्यक्रिया गरेर फाल्नुपरेको अस्पतालले जनाएको छ । भेटका क्रममा अध्यक्ष दाहालले आगामी दिनमा पार्टी र सरकारका तर्फबाट उपचारका पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने, सात वर्षको बच्चाको पढाइ र पत्नीको रोजगारीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 उहाँले वीरअस्पतालमा उपचाररत अन्य बिरामीको स्वास्थ्योवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो । अस्पतालमा उपचाररत गोरखा फुजेलका तिलराम देवकोटा (शहीद परिवार)लगायत अन्य बिरामीसँग भेट गर्नुभएको थियो । 

बिरामीका आफन्तले अस्पतालमा चिकित्सक ड्युटीमा नरहने, बिरामीलाई प्राइभेट अस्पताल रेफर गर्ने, एमआरआई मेसिन बिग्रेको भनेर निजी प्रयोगशालामा पठाउने, अस्पताल फार्मेसीले उपलब्ध गराउने भनेको निःशुल्क औषधि नपाइने, महँगो औषधि निःशुल्क नभएको, शल्यक्रिया उपकरणमा चर्को दलाली हुने गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या सुन तस्करीमा संलग्न महरा थुनामुक्त सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ खाना पकाउने क्रममा कुकर पड्किँदा घाइते भएकी महिलाको मृत्यु कांग्रेस–एमालेबीचको सहकार्य ०८४ सम्मै रहन्छ : ईश्वर पोखरेल