चैत ९, बझाङ । बझाङमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा १२ वर्षकी बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउपरेका छन् ।

प्रहरीका अनुसार आमा खेतमा मल फाल्न गएको मौका छोपी किशोरले बालिकालाई गाई गोठमा मोबाइलमा फिल्म देखाइ ५०० रुपैयाँ दिने लोभ देखाई बलात्कार गरेको र बलात्कारपछि पीडक भागेको उजुरीमा उल्लेख भएको थिए।

प्रहरीका अनुसार किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको छ। पीडित र आरोपित दुवैको नाम र र ठेगाना भने प्रहरीले गोप्य राखेको छ। ब

आमा घर फर्केपछि बालिकाले घटनाबारे बताएको र सोही आधारमा आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकी थिइन्।उजुरीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई पक्राउ गरेको हो।

बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइएको प्रहरीले जानकारी दिए।

March 23, 2022
काठमाडौँ - KTM, समाज
१२ वर्षकी बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ
By साझासवाल
3 मिनेट पढाइ