Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

संसारभरबाटै भरतपुर महानगरलाई विशेष महत्वले हेरिन्छ : प्रचण्ड

By साझासवाल 3 मिनेट पढाइ

चैत ११, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताएका छन् ।विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकाला‍ई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उनले बताए ।

'तालमेल गरेर भएको निर्वाचनदेखि नै भरतपुर महानगरपालिका विशेष महत्वमा थियो । यसलाई अहिले पनि देशभरबाट विशेष महत्वले हेर्ने गरिन्छ । विकासले तिब्रता पाएको छ,' प्रचण्डले भने ।

देशलाई नै भरतपुर महानगरपालिकाले एउटा रोडम्याप दिइरहेको उनको भनाइ छ । चितवनले दुई पटक देशलाई नेतृत्व गर्ने प्रधानमन्त्री दिएको भन्दै उनले भने, 'विभिन्न चुनौतिहरूको बीचबाट त्यसबाट नेतृत्व गर्ने अवसर मलाई भयो । म यहाँको जनप्रतिनिधि भएकाले विकास परियोजनालाई तिब्रताका साथ अगाडि बढाईएको छ ।'

भरतपुरका जनप्रतिनिधिले आफ्नै आँखा अगाडि भएको विकासबारे भन्न समेत संकोच मानेकाे उनले जनाए । भरतपुरको विकासप्रति चिन्ताभन्दा पनि चुनाव लागेको उनको भनाइ छ । यस क्षेत्रमा भएको विकासलाई भन्न सक्नुपर्नेमा उनीहरूले चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाए ।