१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

१६ चैत्र २०७८, बुधबार ०६:५७

चैत १६, काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । 

कैलाली, गुल्मी, तनहुँ, बागलुङ, काभ्रेपलाञ्चोक, बारा, सर्लाही, मकवानपुर र कास्कीमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सु.प.प्र.०१००१ ह ४९८५ नम्बरको अटोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पैदलयात्रीको पहिचान खुल्न सकेको छैन । 

गुल्मीको मुसिकोट नगरपालिका–७ भुजेलबगरमा रा.१ त ४५५८ नम्बरको ट्रयाक्टरबाट खसेर सोही ठाउँ बस्ने २६ वर्षीय नारायण नगरकोटीको मंगलबार मृत्यु भएको छ । 

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मीनाम खानीमा ग.२ च ८२०१ नम्बरको बोलेरो गाडी मंगलबार दुर्घटना हुँदा गाडीमा सवार बन्दिपुर गाउँपालिका–४ बस्ने २५ वर्षीय सुरेश बहादुर घर्तीको घटनास्थलमै मृत्यु भएको छ । 

बागलुङको निसीखोला गाउँपालिका–२ खाडुमा लु.१ च ९४८० नम्बरको जिप मंगलबार राति दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका–१ बस्ने ४७ वर्षीय ऋतु वर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको छ । 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ नयाँगाउँमा बा.५ ख ९६५१ नम्बरको मिनि टिपर मंगलबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनमा सोही ठाउँ बस्ने २५ वर्षीय युबराज दाहाल छन् । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा ना.६४ प ९१६७ नम्बरको मोटरसाइकल मंगलबार राती दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका–२३ बस्ने २२ वर्षीय राजन कुमार पटेलको मृत्यु भएको छ । 

सर्लाहीको गोडैता नगरपालिका–५ रामवन टोलमा ज.२ त ६७०९ नम्बरको ट्रयाक्टरले किच्दा सोही ठाउँ बस्ने ३ वर्षीय एसान मन्सुरको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ मा ना.४ त ६९१० नम्बरको ट्रयाक्टरबाट खसेर सोही उपमहानगरपालिका–८ कमाने बस्ने २३ वर्षीय राजेश मोक्तानको मंगलबार राति मृत्यु भएको छ । 

कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा ना.६ ख ४७२५ नम्बरको ट्रकले ग.१४ प ६५९८ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–१८ बस्ने १८ वर्षीया अन्जना पाइजा रहेकी छन् ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा