२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस, एमाले र माओवादी कार्यकर्ताले राजा नै चाहिन्छ भन्ने थाले : राजेन्द्र लिङ्देन

२०७८, २५ चैत्र शुक्रबार १३:२५

 चैत्र २५, काठमाडौं | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको अवस्थाले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले राजसंस्था ठिक रहेको भन्न थालेको बताएका छन् ।

काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले २०४६ साल देशको नेतृत्व लिएका कांग्रेस, एमाले र माओवादीले मुलुकलाई असफल बनाउन लागेको आरोप लगाएका हुन् । 

देशलाई असफल बनाउन लागेको देखेका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताले देशमा त राजतन्त्र नै चाहिने रहेछ भनेर भन्न थालेको उनले बताए । उक्त तीन दललाई फेरि पनि निर्वाचित गराएमा देश श्रीलंका, युक्रेनजस्तो हुने भन्दै उनले राप्रपालाई निर्वाचित गराउन आग्रह गरे ।

"कांग्रेस, एमाले , माओवादीलाई अब कति समय दिए, देश बनाउलान् ? अहँ अब बनाउँदैनन् । ३२ वर्षमा देशलाई असफल बनाउन लागे,’ अध्यक्ष लिङ्देनले भने, "अब यिनीहरुले देश बनाउँदैनन् । राप्रपालाई मत दिएर उनीहरुका बाकस (मतपेटिका) खाली गरिदिनुहोस् ।’ 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना