वैशाख ११, काठमाडौँ । नेपाली कांग्रेसले घोषणापत्रमार्फत स्थानीय तहको पाँच वर्षलाई ‘खेर गएको पाँच वर्ष’ भनेको छ । खेर फाल्नेलाई दण्डित गर्नुपर्ने जनाएको छ ।

स्थानीय सरकारको एउटा अवधि त्यसै खेर गएको समीक्षा गरिएको कांग्रेस महामन्त्री तथा घोषणापत्र तयारी समिति संयोजक गगनकुमार थापाले बताए ।

उनले अबको दशक सम्मुनतिको हुने बताए । जुन संकल्प पूरा गरिछाड्ने विश्वास पनि व्यक्त गरे ।

घोषणापत्रमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारको पालामा ‘अधिनायकवाद र सर्वसत्तवादको सूत्रपात’ भएको उल्लेख छ ।

एमाले पार्टी सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको पनि महामन्त्री थापाले दाबी गरे ।

April 24, 2022
काठमाडौँ - KTM, राजनीति
कांग्रेसको समीक्षा : ५ वर्ष त्यसै खेर गयो
By साझासवाल
2 मिनेट पढाइ