१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं मेयरकी उम्मेदवार सिर्जना सिंहलाई प्रश्न– नेताको श्रीमती हुँदा सहज रूपमा टिकट पाउनुभएको हो ?

१२ बैशाख २०७९, सोमबार १२:३६

वैशाख १२, काठमाडौँ | नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अघि सारेको छ । उनले मेयरको टिकट पाएसँगै उनीमाथि नेताको पावरको आधारमा टिकट पाएको चर्चा चलिरहेको छ । तर, उनले आफु प्रकाशमानसिंहको पत्नी नभई राजनीतिक योगदानको आधारमा टिकट पाएको दाबी गरिन् । 

राष्ट्रियसभा गृहमा पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएपछि उनले आफुले पार्टीमा ठूलो योगदान गरेको बताइन् । नेताको पत्नी भएकाले तपाईले सहज रूपमा टिकट पाउनुभयो भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘हो म गणेशमानसिंह बुहारी, प्रकाशमानसिंहको श्रीमती हो । यो कुरा कतै लुकाएर लुक्दैन् । प्रकाशमानलाई चिन्नुभन्दा अगाडि मेरो आफ्नो राजनीतिक योगदान पार्टीमा थियो ।’

‘देशमा प्रजातन्त्र ल्याउन धेरै संघर्ष गरेको उनले स्मरण गराईन् । देशमा प्रजातन्त्र ल्याउन, महिलाहरूको हकहितका लागि धेरै संघर्ष गर्दै आएको व्यक्ति हुँ । मैले हनुमानढोका छिँडी धेरै कटाएको छु,’ उनले भनिन्, ‘प्रजातन्त्र ल्याउन मेरो आफ्नै योगदान छ । बिहे गरेपछि मैले राजनीति छोडेन् । तर, कुनै पनि पदमा बसिन् । घरका सबै जना राजनीतिमा भएकाले कुनै पद ओगटेर बसेको थिईन् । तर, मैले राजनीतिक रूपमा गर्नुपर्ने कामहरू गर्दै आएकी थिइन् ।’ 

                                                   

भातृ संगठनमा, महिला संघमा रहेर लामो समयदेखि काम गर्दै आइरहेको उनको भनाइ छ । उनी अहिले पनि नेपाली कांग्रेस महिला संघ काठमाडौंको प्रमुख सल्लाहकार रूपमा जिम्मेवारी बहन गर्दै आएकी छिन् ।

उनीमाथि १४ औं महाधिवेशनमा प्रकाशमानसिंहले शेरबहादुर देउवालाई सहयोग गरेको कारण टिकट पाएको आरोप लाग्दै आएको छ । तर, उनले भने त्यो आरोप निराधार रहेको बताइन् । 

‘म जीवनभर लोकतन्त्रको लागि लडेर आएको परिवारको मान्छे हुँ । मैले राजनीतिक परिवर्तनका लागि लामो संघर्ष गरेर आएको हुँ । पार्टीले मलाई मेरो क्षमता र पार्टीमा पु¥याएको योगदानको आधारमा टिकट दिएको हो ।’ सिंहले भनिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो