१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने, साढे नौदेखि साढे पाँचसम्म सरकारी कार्यालय खुला गर्ने

१४ बैशाख २०७९, बुधबार ०९:२२

वैशाख १४, काठमाडौं | सरकारले आगामी जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णयसँगै सरकारी कार्यालय साढे नौदेखि साढे पाँचसम्म खुला गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले मंगलबार सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो। अब शनिबार र आइतबार दुई दिन सरकारी बिदा हुनेछ।

सरकारले जेठ १ देखि लागू हुने गरी दुई दिन बिदा दिने निर्णयसँगै सरकारी कार्यालय भने साताको पाँच दिन साढे नौदेखि साढे पाँचसम्म खुला गर्ने भएको छ।

‘सरकारले परीक्षणका रुपमा यो निर्णय कार्यान्वयन गर्न लागेको हो,’ मन्त्रिपरिषद् स्रोतले भन्यो।

यसअघि सातामा दुई दिन बिदा दिँदा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले पनि आइतबार बिदा थप्ने प्रस्ताव गरेको थियो।

यसअघि प्रशासन सुधार आयोगको प्रस्तावअनुसार २०५६ सालमा सातामा दुई दिन बिदा दिइए पनि केही समयमै बन्द भएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  एक समिति गठन गर्दै सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन