१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाम्रो मलमूत्रमा छ संसार जोगाउने शक्ति, हामी के गर्न सक्छौँ ?

२० बैशाख २०७९, मंगलवार ११:४४

काठमाडाैं | शरीरबाट निस्कने मलमूत्रको कुरा हुँदा प्राय: मानिसहरू नाक खुम्च्याउँछन्। फोहोरको रूपमा मात्र नभई यसको कुराकानीलाई समेत घिनलाग्दो मानिन्छ।तर हाम्रो शरीरबाट निस्कने यही फोहोर निकै उपयोगी हुन्छ। यसले मानिसको भविष्य जोगाउने तागत राख्छ।

कसरी?

औसतमा एक वयस्क मानिसले हरेक वर्ष ९१ किलोग्राम दिसा र ७३० लिटर पिसाब विसर्जन गर्छ।तर त्यो कहाँ जान्छ? के त्यसको उचित प्रयोग गर्न सकिन्छ?

मलमूत्रको प्रयोग नयाँ होइन।यो त प्राचीन कालदेखि हुँदै आएको छ। प्राचीन रोममा मानिसको मलमूत्र खेर फालिँदैन थियो।प्रशोधन नगरिएको दिसा मलको रूपमा प्रयोग गरिन्थ्यो भने मूत्रलाई कपडा बनाउन प्रयोग गरिन्थ्यो।सन् १५०९ देखि १५४७ सम्म इङ्गल्यान्डका रहेका राजा हेनरी आठौँको समयमा 'ग्रूम अफ द स्टूल' देशको महत्त्वपूर्ण पदहरूमध्ये एक थियो।

यस पदमा रहेका व्यक्तिले राजाको नित्यकर्ममा सहयोग पुर्‍याउँथे।ती व्यक्तिलाई राजाको निकै निकट मानिन्थ्यो।

गोङ्ग किसान भनिने एक विशेष समूह मान्छेको मलमूत्र सफा गर्न रातको समयमा खटिन्थे। जम्मा भएको मलमूत्र उनीहरू स्थानीय किसानहरूलाई बेच्ने गर्दथे। मूत्रलाई त जम्मा पारेर छालालाई मुलायम पार्न प्रयोग गरिन्थ्यो।

हामी के गर्न सक्छौँ?

हामी पनि मलमूत्रको उचित व्यवस्थापनबारे हाम्रा पुर्खाहरूबाट सिक्न सक्छौँ। यसले हाम्रा कयौँ विद्यमान समस्याहरूको समाधान दिन सक्छ।

पेटलाई सही ढङ्गमा सफा गर्नका निम्ति फाइबरयुक्त खानेकुरा आवश्यक पर्ने बताइन्छ जसका कारण कब्जियतको समस्या ठिक हुन्छ।यसर्थ मल एक त्यस्तो स्रोत हो जसको आपूर्ति सधैँ यथावत् रहन सक्छ।यस्तो अवस्थामा ऊर्जाको निम्ति पानी, हावा या अन्य स्रोतको आपूर्तिको तुलनामा यो बढी विश्वसनीय हुन सक्छ।ढल प्रशोधन गरेपछि बाँकी रहेको फोहोर मिथेन उत्पादनको लागि राम्रो कच्चा पदार्थको रूपमा प्रयोग गर्न सकिन्छ।आधुनिक उपचार संयन्त्रमार्फत जीवाणुको प्रयोग गरी बायोग्यास बनाएर पाइपबाट घरघरमा पठाउन वा सवारीसाधनमा इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ।यो पेट्रोल या डिजेलको तुलनामा ज्यादा स्वच्छ इन्धन हो।यसरी हामी मलको प्रयोगबाट पेट्रोल, डिजेल र एलपीजीमा निर्भरता कम गर्न सक्छौँ।यसले विद्यमान प्राकृतिक स्रोतहरूमा दबाव घटाउने र कार्बन उत्सर्जन पनि कम गर्छ।

मूत्र कति उपयोगी

त्यसरी नै मूत्र पनि मानिसको लागि फाइदाजनक हुन सक्छ। संसारको ७२ प्रतिशत पानी कृषिमा प्रयोग हुन्छ। बढ्दो जनसङ्ख्या र जलवायु परिवर्तनले भविष्यमा पानीको माग बढ्ने जनाउँछ। पछिल्लो एक दशकमा केही देशमा पानी अभावकै कारण मानिसहरू विस्थापित हुनु पर्ने परिस्थिति समेत आयो।ब्रिटेनमा प्रत्येक वयस्कले दैनिक ९० लिटर मूत्र विसर्जन गर्छन्। त्यसबाहेक घरमा उपयोग हुन सक्ने १४० लिटर पानी नालीमा बगाउँछन्। के त्यो पानीलाई पुनर्नवीनीकरण गरेर पृथ्वीका लागि जोखिमपूर्ण बनेको खडेरीबाट बचाउन सकिन्छ? यसको जवाफ हुन्छ: सकिन्छ। यस कार्यका लागि प्रविधि उपलब्ध छ र पहिलेदेखि नै प्रयोग भइरहेको छ। इजरेलले हाल प्रयोग गरिएको पानीको ९० प्रतिशत पुनः प्रयोग गरी कृषिका लागि वार्षिक रूपमा ५६,००० ओलम्पिक पोखरीहरू बराबर पानी उत्पादन गर्दछ।

विकारको उपयोग

कृषिको कुरा गर्दा कुनै पनि जीवित वस्तु बाँच्नको लागि फस्फोरसमा निर्भर हुन्छ।तर अत्यधिक उत्खननका कारण यो द्रुत गतिमा घट्दै गएको छ र पुनः पूर्ति गर्न सकिँदैन।अमेरिका, चीन र भारतका आगामी पुस्ताले यसको अभावको सामना गर्नु पर्ने हुन सक्छ।सगरमाथामा भएको हिमनदीमा २,००० वर्षदेखि जमेको बरफ 'तीव्र गतिमा पग्लिँदै'अमेरिकामा जब उडिरहेको विमानबाट इन्जिनका टुक्राहरू खसे…

कृषिमा फस्फोरस नहुँदा मानिसले वर्तमानको तुलनामा आधा मात्रै उत्पादन गर्न सक्छ। यस परिस्थितिमा हामी हाम्रा पुर्खाहरूले जस्तै गरी खेतीयोग्य जमिनमा विकार अर्थात् मानव मलको प्रयोग गर्न सक्छौँ।कम्पोस्ट शौचालय वा बायोग्यास उत्पादनबाट बचेको पोषक तत्त्वयुक्त सुख्खा मलहरू प्रयोग गर्न सकिन्छ।

शौचालयमा परिवर्तन

शौचालयको पुनर्निर्माणले स्वच्छ शौचको पहुँच नभएका चार अर्ब २० करोड मानिसहरूलाई ठूलो प्रभाव पार्न सक्छ। पानीबिना सञ्चालन हुने शौचालयले हरेक दिन पाँच वर्षभन्दा मुनिका करिब ८०० बालबालिकालाई मृत्युबाट बचाउन सक्छ।माइक्रोसफ्ट कम्पनीका सह-संस्थापक बिल गेट्सले शौचालयको बढ्दो बजार जीवन बचाउने मात्र नभई व्यापारिक दृष्टिकोणले पनि फाइदाजनक रहेको बताएका थिए।सन् २०३० सम्ममा शौचालयको बजार छ अर्ब अमेरिकी डलर पुग्ने आकलन छ। त्यसको अर्थ हाम्रो दिसा हाँसोको वा समस्याको कारण होइन। यदि हामीले अहिले नै यसको उचित व्यवस्थापन र प्रयोगको पक्षमा काम गर्‍यौँ भने पृथ्वी जोगाउन मलमूत्रको महत्त्वपूर्ण भूमिका रहन सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार