१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैलाई सकिँदैन, केहीलाई फ्री भिसामा मलेसिया पठाइदिन्छु: आरजु राणा

२३ बैशाख २०७९, शुक्रबार ११:४९

वैशाख २३, डडेल्धुरा | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा पछिल्लो समय एकपछि अर्को अभिव्यक्तिका कारण विवादमा परिरहेकी छन्। 

बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर नेपाली कांग्रेसले नजित्ने पालिकालाई पैसा नदिने बताएकी उनले शुक्रबार कैलालीमा अर्को विवादित भाषण गरेकी छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणाले धनगढीमा चुनावी सभालाई सम्बोधनका क्रममा त्यहाँका स्थानीयलाई फ्री भिसा र फ्री टिकटमा मलेसिया पठाइदिने आश्वासन दिएकी छन्। 

     

‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो। यो क्षेत्रलाई हामी विशेष ध्यान दिन्छौँ, तपाईंहरुले कांग्रेसलाई जिताउनुस्', उनले भनिन्, 'हामी सबैलाई गर्न सक्दैनौँ। तर, यो ठाउँमा दु:ख पाएकाहरु केहीलाई पढाउने छु। मलेसिया जाने कोही भएमा मलाई आउने कोटाबाट फ्री भिसा र टिकट मिलाउनेछु। हामी त्यस्ता ५-६ जनालाई मलेसिया पठाउँछौ। तर सबैलाई लान सकिन्न, नसके यहीँ रोजगारी दिन कोसिस गर्छौँ।’

सम्बोधनका क्रममा राणाले २०७४ मा प्रतिनिधि सभा सदस्यमा पराजित भए पनि आफूलाई कुनै फरक नपर्ने बताइन्। 

आफूलाई हराएका एमाले सांसद नारदमुनि रानाले केही काम गर्न नसकेको पनि उनले आरोप लगाइन्। उनले कांग्रेसकै पहलमा धनगढीको विकास भएको जिकिर गरिन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार