२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सबैलाई सकिँदैन, केहीलाई फ्री भिसामा मलेसिया पठाइदिन्छु: आरजु राणा

२०७९, २३ बैशाख शुक्रबार ११:४९

वैशाख २३, डडेल्धुरा | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा पछिल्लो समय एकपछि अर्को अभिव्यक्तिका कारण विवादमा परिरहेकी छन्। 

बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर नेपाली कांग्रेसले नजित्ने पालिकालाई पैसा नदिने बताएकी उनले शुक्रबार कैलालीमा अर्को विवादित भाषण गरेकी छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणाले धनगढीमा चुनावी सभालाई सम्बोधनका क्रममा त्यहाँका स्थानीयलाई फ्री भिसा र फ्री टिकटमा मलेसिया पठाइदिने आश्वासन दिएकी छन्। 

     

‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो। यो क्षेत्रलाई हामी विशेष ध्यान दिन्छौँ, तपाईंहरुले कांग्रेसलाई जिताउनुस्', उनले भनिन्, 'हामी सबैलाई गर्न सक्दैनौँ। तर, यो ठाउँमा दु:ख पाएकाहरु केहीलाई पढाउने छु। मलेसिया जाने कोही भएमा मलाई आउने कोटाबाट फ्री भिसा र टिकट मिलाउनेछु। हामी त्यस्ता ५-६ जनालाई मलेसिया पठाउँछौ। तर सबैलाई लान सकिन्न, नसके यहीँ रोजगारी दिन कोसिस गर्छौँ।’

सम्बोधनका क्रममा राणाले २०७४ मा प्रतिनिधि सभा सदस्यमा पराजित भए पनि आफूलाई कुनै फरक नपर्ने बताइन्। 

आफूलाई हराएका एमाले सांसद नारदमुनि रानाले केही काम गर्न नसकेको पनि उनले आरोप लगाइन्। उनले कांग्रेसकै पहलमा धनगढीको विकास भएको जिकिर गरिन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी