Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

संविधान र लोकतन्त्र बचाउन गठबन्धन : मन्त्री श्रेष्ठ

By साझासवाल 3 मिनेट पढाइ

वैशाख २४, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरिएको बताएका  छन् । तनहुँको भिमाद नगरपालिका–२ मा सत्ता गठबन्धनले शुक्रबार राति आयोजना गरेको सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान रक्षाका लागि सदैव लड्दै आएका दलहरू गठबन्धन गरेर चुनावमा गएकाले गठबन्धनप्रति प्रतिबद्ध रहन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यसमेत रहेका  मन्त्री श्रेष्ठले आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै भने, ‘हामी गठबन्धनप्रति प्रतिबद्ध छौँ, तर हामीलाई कमजोर ठानिएको छ’ मन्त्री श्रेष्ठले समृद्ध भिमाद नगरपालिका निर्माणका लागि गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने धारणा राखे ।

नेपाली काँग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले गठबन्धनप्रति इमान्दार हुन आग्रह गरे। कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष शङ्करनारायण श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा गठबन्धनका तर्फबाट भिमाद नगरपालिकाका काजीमान श्रेष्ठले जनताका हरेक समस्या समाधानका लागि पूर्ण ऊर्जाका साथ लागिपर्ने बताए । प्रमुखमा निर्वाचित भएको खण्डमा सामाजिक विकास निर्माणको हकमा स्वास्थ्य, शिक्षा, खेलकुद, खानेपानी, मोटरमार्गलगायतका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउने श्रेष्ठले बताए ।