Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख इन्जिनियरसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

By साझासवाल 3 मिनेट पढाइ

वैशाख २७, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्र बहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोप्राइटर विजय कुमार यादव र अन्नपूर्ण कन्सट्रक्सनका प्रोप्राइटर ममता देवी यादव रहेका छन् ।

ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मतसंभार र रुख विरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपु-याई भुक्तानी गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरुले गलत विवरण पेश गरी ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।