२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवाको २७ मध्ये १४ वडाको मतगणना सकियो, कहाँ कसले जिते ?

२०७९, १ जेष्ठ आईतवार ०६:५८

जेठ १, रसुवा | स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वडामध्ये हालसम्म १४ वडाको मतगणना सम्पन्न भएको छ ।  जसमा एमालेले आठ, नेपाली कांग्रेसले पाँच र नेकपा मओवादी केन्द्रले एक वडामा जितेकाे छ । 

कालिका-१ मा माओवादीको प्यानल, कालिका–२ मा कांग्रेस प्यानल, नौकुण्ड–१ मा कांग्रेस प्यानल, नौकुण्ड–२ मा एमाले प्यानल, आमाछोदिङ्मो–१ मा एमाले प्यानल, आमाछोदिङ्मो–२ मा कांग्रेस प्यानल, आमाछोदिङ्मो–२ मा एमाले प्यानल विजयी भएको छ । 

यस्तै, गोसाइँकुण्ड–१ मा एमाले प्यानल, गोसाइँकुण्ड–२ मा कांग्रेस प्यानल, गोसाइँकुण्ड–३ मा एमाले प्यानल, गोसाइँकुण्ड–४ मा कांग्रेस प्यानलले जितेको छ । उत्तरगया–१ मा एमाले, उत्तरगया–२ मा एमाले र उत्तरगया–३ मा पनि एमाले वडाध्यक्ष पद जितेको छ ।

गोसाइँकुण्ड–१ मा नेकपा नेकपा एमालेका उर्केन छिरिङ तामाङले तीन सय ९५ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कर्मा तामाङले तीन सय ६५ मत ल्याए । 

गोसाइँकुण्ड–२ मा नेपाली कांग्रेसका कामी छिरिङ तामाङले एक सय ९७ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उर्किन तामाङले एक सय ८७ मत ल्याए ।

गोसाइँकुण्ड–३ मा नेपाली एमालेका मिङमर छिरिङ तामाङले  दुई सय ६० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डुक्तार  तामाङले एक सय ६७ मत ल्याए । 

गोसाइँकुण्ड–४ मा नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले नाै सय ६६ मत ल्याएर विजयी भए ।  उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका तेम्बा लामाले एक सय ३६ मत ल्याए । 

नौकुण्ड–१ मा नेपाली कांग्रेसका कान्छा तामाङले पाँच सय ६९ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले तीन सय ८६ मत ल्याए । 

नौकुण्ड–२ मा नेकपा एमालेका ङाफु याल्बो थोक्राले चार सय ६५ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लालसिङ नेकोरले तीन सय ३४ मत ल्याएर पराजित भए । 

उत्तरगया–१ मा नेकपा एमालेका मारसिङ तामाङले पाँच सय ६० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले चार सय ९६ मत ल्याए ।

उत्तरगया–२ मा नेकपा एमालेका टुकु सुवेदीले तीन सय ६८ मत ल्याएर विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले दुई सय ९९ मत ल्याएर पराजित भए ।  उत्तरगया–३ मा नेकपा एमालेका लालबहादुर तामाङले चार सय ५१ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले चार सय २१ मत ल्याएका छन् । 

कालिका–१ मा माओवादी केन्द्रका दावा तामाङले पाँच सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले पाँच सय ४८ मत ल्याए ।

कालिका–२ मा नेपाली कांग्रेसका उमेश बहादुर न्यौपानेले नाै सय सात मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बिक्रम लोप्चनले सात सय ६६ मत ल्याए ।

आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा एमालेका साङ लामा तामाङले दुई सय ९० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले दुई सय ४८ मत ल्याए । 

आमाछोदिङ्मो गाउँपालिका–२ मा नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङले दुई सय ५७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका अकाल तामाङले १ सय ९३ मत ल्याए । 

आमाछोदिङ्मो–३ मा नेकपा एमालेका सुरेन्द्र तामाङले तीन सय २८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कामी नाम्ग्याल तामाङले दुई सय ८१ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक