१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनमत बढी, जित थोरै कम हुने देखियो – एमाले उपमहासचिव ज्ञवाली

१ जेष्ठ २०७९, आईतवार ०८:४८

जेठ १, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । 

गठबन्धन दलहरूबाट एमालेविरुद्ध घेराबन्दी र अनेक षड्यन्त्र पनि भएको ज्ञवालीले बताए । 

तर, पनि प्रारम्भिक अग्रता र सार्वजनिक भइसकेको स्थानीय तहको मत परिणामलाई आधार मान्दा एमाले सन्तोष मान्ने ठाउँ रहेको बताए । 

‘जुन ढंगको घेराबन्दी, मोर्चा र सत्ताको दुरुपयोगको बीचमा हामीले निर्वाचन लड्यौँ । त्यस हिसाबले हेर्दा प्रारम्भिक परिणाम र घोषणा भएकासँगै अग्रता हेर्दा समग्रमा एक खालको सन्तोषजनक नै परिणाम हो र यो उल्लेख हो’,  ज्ञवालीले भने ।


उनले स्थानीय तह निर्वाचनबाट जनमत एमालेको पक्षमा रहेको प्रारम्भिक संकेत मिलेको दाबी गरेका छन् । 

उनले भने, ‘अलिकति गहिरो विश्लेषण गर्न पर्सिसम्म पर्खिनुपर्छ । त्यसले रुझानलाई देखाउँछ । अहिले प्रारम्भिक रुझान भएकोले टिप्पणी गरिहाल्ने स्थिति छैन तर जनमत एमालेको पक्षमा रहेको संकेत ग‍र्‍यो ।’

७५३ स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ८० वटा स्थानीय तहको भने मत गणना सुरु हुनै बाँकी छ ।

उपमहासचिव ज्ञवालीले अघिल्लो पटकभन्दा थोरै कम स्थानीय तहमा निर्वाचन जितिने संकेत पनि मिलेको बताए । 

एमाले २०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको थियो । झण्डै तीन सय स्थानीय तह एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार