२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभर १०२ ठाउँको नतिजा आउँदा कांग्रेस ४० र एमाले ३५ स्थानमा विजयी

२०७९, २ जेष्ठ सोमबार ०५:५१

जेठ २, काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको अन्तिम नजिता आएको छ । 

सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका १०२ स्थानीय तहमध्ये ४० वटाको प्रमुख/अध्यक्ष जितेको छ । 

कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म ३५ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र)ले २४ पालिकाको प्रमुख/अध्यक्ष जितेको आयोगको तथ्याङ्कले देखाउँछ । 

हालसम्म नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार दुई र अन्यले एक पालिका प्रमुख/अध्यक्षमा विजयी बनेका छन् ।  

हालसम्म भएको मतगणना अनुसार २५९ पालिका प्रमुख/अध्यक्ष मा कांग्रेस, १५१ पालिका प्रमुख/अध्यक्षमा एमाले, ९६ पालिका प्रमुख/अध्यक्षमा माओवादी केन्द्र, १८ पालिका प्रमुख/अध्यक्षमा एकीकृत समाजवादी, २९ पालिका/अध्यक्षमा जनता समाजवादी पार्टी, नेपाल, ११ पालिका प्रमुख/अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र २५ पालिकामा अन्य तथा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् । 

यस्तै हालसम्म अन्तिम नतिजा आएका १०३ पालिकाको उपप्रमुख/उपाध्यक्षमध्ये कांग्रेसले ४६, एमालेले ३२, माओवादी केन्द्रले १६, एकीकृत समाजवादीले ५, जनता समाजवादी पार्टीले २ र अन्यले २ ठाउँमा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते