२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले नेपाली सेनामार्फत एसपीपी अघि बढाउन खोज्नु गम्भीर : वर्षमान पुन

२०७९, ४ असार शनिबार १५:००

असार ४, काठमाडौं | नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाली सेनामार्फत अघि बढाउन खोज्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् । 

परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने कूटनीतिक प्रस्ताव सेनामार्फत आउनु गम्भीर भएको उनले बताए । ‘एसपीपी परराष्ट्र मन्त्रालयमार्फत आउनु पर्नेमा सेनामार्फत आउनु गम्भीर हो’, वर्तमान कूटनीतिक अभ्यास र यसका प्रभावहरू शीर्षकमा मदन भण्डारी फाउन्डेसनले शनिबार राजधानीमा गरेको अन्तरक्रियामा पुनले भने, ‘अब यस्तो नदोहोरियोस्, यो नै अन्तिम पटक होस् ।’ 

असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको नेपाल कुनै पनि सैन्य रणनीतिक गठबन्धनमा संलग्न नहुन नसक्ने भन्दै उनले राजनीतिक नेतृत्वलाई बाइपास गरेर सैनिक नेतृत्वमार्फत एसपीपीको प्रस्ताव आउनुको कारण सबै मिलेर खोज्नुपर्ने उल्लेख गरे । यद्यपि उनले नेपाली सेनाको व्यावसायिक निष्ठामा भने कुनै शंका नरहेको स्पष्ट गरे । तर, तत्कालीन सैनिक नेतृत्वले राजनीतिक नेतृत्वलाई छलेकामा भने उनले प्रश्न गरे । 

‘नेपाली सेनाको व्यावसायिक निष्ठामा कुनै शंका छैन’, पुनले भने, ‘राजनीतिक नेतृत्वमार्फत आउनु पर्ने प्रस्ताव सेनामार्फत आउनु र राजनीतिक नेतृत्वलाई छलेर पटक पटक गरिएको पत्राचारलाई सामान्य रूपले हेरिनु हुँदैन ।’ पुनले आफ्नो दल छिमेकी मुलुक वा कुनै पनि अन्तर्राष्ट्रिय शक्तिविरुद्ध कुनै प्रकारको सैनिक गठबन्धनमा संलग्न हुने कुराको सदैव विपक्षमा रहेको भन्दै उनले एसपीपीबाट सरकार पछि हट्नुपर्ने बताए । 

एसपीपी कार्यान्वयनमा गइसकेको अमेरिकी दाबी र कार्यान्वयनमा नगएको भन्ने सरकारको दाबीबीच सत्यता जाँच्नुपर्ने उनले औँल्याए । पुनले एसपीपीलाई एमसीसीकै अंगका रूपमा व्याख्या गरिएकामा आपत्ति जनाए । 

प्रतिनिधिसभाले एमसीसी अनुमोदन गर्दा आर्थिक साझेदारीका रूपमा मात्र स्वीकार गर्ने गरी १२ बुँदे व्याख्यात्मक घोषणा जारी गरिएको चर्चा गर्दै पुनले अन्यथा व्याख्या गरिए आफ्नो दल एमसीसीबाट पनि पछि हट्न सक्ने चेतावनी दिए । पुनले राजनीतिक दलहरूबीच मुलुकको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिमा बेमेल रहेको भन्दै एसपीपी प्रकरणले ती दुई नीतिमा समान धारणाका साथ अघि बढ्न घचघच्याएको बताए । 

पुनले पूर्वाधार विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेबाहेक अन्य प्रयोजनका लागि वैदेशिक सहायता र ऋण लिन बन्द गरिनुपर्नेमा पनि जोड दिए । 

अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालन संविधानअनुसार हुनुपर्ने भन्दै उनले नेपालीको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलता, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गरिनुपर्ने आफ्नो दलको मान्यता रहेको उनको भनाइ थियो । 

लामो कूटनीतिक अभ्यास तथा विभिन्न समयमा हासिल भएका अनुभवका आधारमा राष्ट्रिय हित प्रवर्द्धनका साथै सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा गर्न सकिने मान्यताका आधारमा संविधानले स्वतन्त्र परराष्ट्र नीतिको परिकल्पना गरेको पुनले उल्लेख गरे । विश्व राजनीतिक रङ्गमञ्चमा शीतयुद्धका सङ्केतहरू देखिन थालिएको भन्दै उनले परिपक्व कूटनीतिक व्यवहार प्रदर्शन गर्न नसके नेपाल अप्ठेरोमा फस्न सक्नेतर्फ सम्बद्ध सबै सचेत हुनुपर्ने स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर