Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मन्त्री हेरफेर पछि जसपाभित्र असन्तुष्टि, पार्टी छाड्ने मनस्थितिमा रेणु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २०, काठमाडौं | जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरू हेरफेर गरेपछि पार्टीभित्र असन्तुष्टि झनै चुलिएको छ । भौतिक तथा पूर्वाधार मन्त्रीबाट फिर्ता बोलाए पछि जसपाकी कार्यकारिणी सदस्य रेणु यादवले मन्त्री हेरफेरको प्रक्रिया प्रति असन्तुष्टि जनाएकी हुन् ।

पार्टीबाट राजीनामा दिने मनस्थितिमा नै पुगिसकेको उनी निकट नेताहरूले बताएका छन् । उनको असन्तुष्टि मन्त्रीबाट हटाउनेमा भन्दा पनि एक जनालाई यथावत् राख्नेमा रहेको तीन नेताको भनाइ छ । कार्यकारिणी समितिको बैठकमा छलफल हुँदा चारैजना मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ चारजनालाई पठाउने निर्णय भएको थियो । तर अध्यक्ष उपेन्द्र यादवले पार्टीको निर्णय विपरीत सो कार्य गरेको यादवको गुनासो रहेको छ ।

‘पार्टीमा अरू पनि सांसद छन्, महिलाहरू छन् । उनीहरूमध्ये पनि केही एक जनालाई मन्त्री बनाए हुन्थ्यो । राजेन्द्र श्रेष्ठ नै मन्त्रीमा किन दोहोरिनुपर्‍यो ?,’ यादवको प्रश्न छ । एकजना महिलालाई हटाएर अर्को महिला पठाउनु पर्नेमा त्यसमा पनि पार्टी नेतृत्व चुकेको उनको भनाइ छ ।