२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई शेखर पक्षका कार्यकर्ताको प्रश्न, भ्रातृसंस्था कांग्रेसलाई आवश्यक छ कि छैन ?

२०७९, २७ असार सोमबार ०९:३१

असार २७, काठमाडौं | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा भाग लिन पदाधिकारी र केन्द्रीय सदस्यहरू सानेपा पुग्ने क्रम जारी छ । केही बेर अघि मात्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा पुगेका थिए । 

सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले सभापति देउवाविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘भ्रातृसंस्था नेपाली कांग्रेसलाई आवश्यक छ कि छैन ?’ जस्ता प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

कोइराला पक्षका विद्यार्थी, नेता कार्यकर्ताको प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पार्टी अधिवेशन सकिएको ६ महिनाभित्र सबै केन्द्रीय विभाग, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था छ । तर अहिलेसम्म सभापति देउवाले दुवै काम पूरा गरेका छैनन् ।

हालै बसेको कोइराला पक्षका नेताहरूको भेलाले  सभापति देउवाले भ्रातृसंगठ गठन गर्दा स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकाल्दै कार्यशैली सुधार गर्न दबाब दिने निर्णय गरेको थियो । सोही आधारमा सोमबार सानेपामा प्रदर्शन भएको हो ।

अहिलेसम्म नेविसंघ, तरूण दल, नेपाल किसान संघ र आदिवासी जनजाति संघमा अध्यक्ष मात्रै तोकिएको छ। भ्रातृसंस्थामा अध्यक्ष तोक्दा सभापति देउवाले कोइराला पक्षसँग समन्वय नगरेको आरोप लागेको छ । कांग्रेसले स्थानीय चुनाव समीक्षा र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ