Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गभर्नर विरुद्ध प्रदर्शन गर्ने विद्यार्थीमाथि प्रहरीको धरपकड

By साझासवाल 2 मिनेट पढाइ

साउन १, काठमाडौँ | गभर्नर महाप्रसाद अधिकारी राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । अधिकारी विरुद्ध काठमाडौँको बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरपकडमा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’भन्दै नारा लगाएका थिए।

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति 'राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र  गभर्नर हुनसक्ने  प्रावधान' विपरीत भएको खुल्न आएको भन्दै  युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन् ।