Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जापान जाँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जापान जाने भएका छन्।

जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी साउन २१ गते जापान हिँड्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

‘अध्यक्ष जापान जाने तयारी भइरहेको छ। त्यहाँ कुनै राजनीतिक भेटघाट हुनेबारे परराष्ट्र मन्त्रालय र टोकियोस्थित नेपाली दूतावासबाट परामर्श भइरहेको छ,’मल्लले भने।

प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ।

प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए।