१४ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनका कुन दलको भागमा कति सिट?

२७ श्रावण २०७९, शुक्रबार ०७:४६

साउन २७, काठमाडौं | नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले मंसीर ४ गतेको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ। तर सिट बाँडफाँटमा भने कुरा मिलेको छैन।


शीर्ष नेताहरूले भागबन्दा मिलाउन नसकेपछि कांग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलको साउन २६ गते बसेको बैठकले २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत बढी विश्वसनीय बन्न सक्ने निष्कर्ष निकालेको छ।

गत निर्वाचनमा वडाध्यक्षका सबै उम्मेदवारले प्राप्त गरेको १ करोड १५ लाख ४० हजार ३८ मत मध्ये गठबन्धनका पाँच दलले ६५ लाख ४८ मत पाएको थियो। गठबन्धन दलले प्राप्त गरेको मतलाई १६५ निर्वाचन क्षेत्रले भाग गर्दा प्रति निर्वाचन क्षेत्र ३९ हजार ३९४ मत पर्न जान्छ।

निर्वाचन आयोगका अनुसार गत वैशाख ३० गतेको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले ३९ लाख ५६ हजार १९३, माओवादी केन्द्रले  १५ लाख ३ हजार २४७, जसपाले  ५ लाख ७७ हजार ३८०, एकीकृत समाजवादीले ४ लाख २२ हजार ७३७ र जनमोर्चाले ४० हजार ४९१ मत पाएको थियो। जसअनुसार कांग्रेसले १००, माओवादीले ३८, जसपाले १५, एकीकृत समाजवादीले ११ र जनमोर्चाले १ सिट पाउने देखिन्छ।

स्थानीय निर्वाचनपछि बाबुराम भट्टराईको नेतृत्वमा जसपा विभाजित भएको छ। जसपाले वडाध्यक्षमा पाएको कति मत भट्टराई पक्षको हो भन्ने अनुमान गर्न भने सजिलो छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै सामान्य प्रशासन मन्त्रालय नेपाल-भारत सीमामा पर्खाल लगाएर भिसा प्रणाली लागू गर्नुपर्छ : वामदेव अस्पतालको शय्याबाट टेलिभिजनमै साफ हेर्दैछन् मैदानमा हुनुपर्ने दीपा र हीरा बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित जो बाइडेनले डोनाल्ड ट्रम्पका समर्थकलाई ‘फोहोर’ भनेपछि कडा आलोचना स्यालको आक्रमणबाट १३ जना घाइते, २ जनालाई काठमाडौँ ल्याईयो पटका पड्काउने क्रममा ६ वर्षीय बालक घाइते साफ च्याम्पियनसिप फाईनल: प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने गरिमा विकास बैंकको घोषणा आजको खेलमा साम्बालाई अर्को इतिहास बनाउने मौका प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, बिआरआईमा हस्ताक्षर गर्ने राजेन्द्र महतोको दाबी- रविको मुद्दा बार्गेनिङमा टुंग्याउन खोजिँदैछ एनपीएलका लागि अहिलेसम्म अनुबन्ध भए १८ विदेशी खेलाडी, कुन टिममा जोडिए कुन विदेशी खेलाडी? नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँबाट लाइभ गर्ने भाइटीकाका दिन पनि केही स्थानमा वर्षाको सम्भावना छ : मौसम विभाग रवि लामिछानेको बयान अन्तिम चरणमा, आज सक्ने तयारी देश कसरी डुब्दैछ सिंहदरबार वैद्यखाना हेरे पुग्छ : बालेन प्रचण्डप्रति बाबुरामको अर्को कटाक्ष, ‘माओवादी’को नाम फेरेर ‘प्रचण्डपन्थी’ राख्न सुझाव आज बुधबार तोलामा २२ सयले बढ्दै सुनको मुल्यमा फेरी नयाँ कीर्तिमान! नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न टिकट काट्नेहरु बिहानैदेखि लाइनमा