Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राष्ट्रपतिविरुद्ध रिटको पेसी हरि फुयालको इजलासमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ९, काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेकय प्रमाणीकरण नगरेको विषयमा सर्वाेच्च अदालतमा परेको रिटमाथि आइतबार सुनुवाइका लागि पेसी तोकिएको छ ।

न्यायाधीश हरि फुयालको इजालसमा तोकिएको पेसी आठौं नम्बरमा राखिएको छ । संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् ।

दोस्रो पटक पठाएको विधेयक गत मंगलबार (४ असोज) प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले नगरेपछि सर्वाेच्च अदालतमा छुट्टाछुट्टै पाँचवटा रिट परेका छन् ।

विधेयक प्रमाणीकरण गर्न आदेश दिन माग गर्दै परेको रिटको सुुनुवाइका लागि गत शुक्रबार पेसी तोकिएको थियो ।

राष्ट्रपति भण्डारीलाई विधेयक प्रमाणीकरण गराउन परमादेश÷उत्प्रेषण आदेश माग गरिएको रिटको आइतबार हुने सुनुवाइ सूचीमा ८औँ नम्बरमा राखिएको छ ।

अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा. सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव र देव शर्माले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गराउन उत्प्रेषण परमादेश मागेका छन् ।