१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यिनै नेता र पार्टीलाई भोट दिए देश बिगार्ने कार्यमा मतदाताको पनि संलग्नता ठहर्छ : राजेन्द्र लिङ्देन

१२ आश्विन २०७९, बुधबार १०:३८

असोज १२, काठमाडौं | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै नेता र दललाई मतदान गरे अब देश नबन्नुमा जनतामा पनि दोषी पनि हुने बताएका छन् । 

काठमाडौंमा बुधबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कै नेता तथा दललाई कतिपटक जिताउँदा देश बन्छ भन्दै प्रश्न गरे । ‘यिनै पार्टी, यिनै नेता, जसलाई तपाईंले कतिचोटी भोट दियो भने देश बन्छ होला ?,’ उनले भने, ‘अब पनि यिनै पार्टी, यिनै नेतालाई भोट दिने भनेको ति नेतामात्र दोषी होइनन्, ति पार्टीमात्र दोषी होइनन्, तिनलाई भोट दिने तपाईं पनि दोषी हो । देश बिगार्ने काममा तपाईं पनि संलग्न भएको ठहर्छ । कांग्रेस, कम्युनिष्ट कार्यकर्ताले भन्नसक्छन्–हाम्रो नेतालाई यति पटक जिताओ भने देश बन्छ भनेर ?’


दलीय भागबण्डामा न्यायाधीश र संवैधानिक अंगमा पदाधिकारी नियुक्त गरेका दलहरुले राप्रपालाई पश्चगामीको आरोप लगाएको भन्दै उनले अहिलेको राजनीतिक प्रणाली नै असफल भएको दाबी छन् ।

‘हामीले राजनीतिक दलरहित न्याय परिषद हुनुपर्छ भनिरहेका छौँ । दलीय भागबण्डामा न्यायाधीश नियुक्त हुनुहुँदैन भनिरहेका छौँ । तपाइँहरु दलीय भागबण्डाका आधारमा संवैधानिक अंगहरुमा नियुिक्त गरिरहनु भएको छ, फोन गरेर मुद्दा फैसला गर्न निर्देशन दिइरहनुभएको छ, तपाईंहरु अग्रगामी ? अनि हामी पश्चगामी ?,’ उनले भने ।

२०४६ सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरुको सम्पत्ति छानबिन गर्न राप्रपाले माग गरिरहेको भन्दै उनले अहिलेको निर्वाचन प्रणाली नै असफल भएको दाबी गरे । 

२०४६ सालयताका कुनै पनि सरकारले कार्यकाल पूरा गर्न नसकेको भन्दै उनले ३२ वर्षको समयमा २६ वटा सरकार बनेका र ति सरकारले कार्यकाल पूरा गर्न नसक्नुमा निर्वाचन प्रणाली नै कारक रहेको बताए । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने उनको माग छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट