२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई सम्पर्कविहीन भन्नु हास्यास्पद : भिम रावल

२०७९, १३ आश्विन बिहीबार ०९:०८

असोज १३, काठमाडौं | नेकपा एमालेका डा भिमबहादुर रावलले आफूलाई सम्पर्कविहीन भनेर प्रसार गर्नु हास्यास्पद भएको बताएका छन्।

अछाम क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएका रावललाई पार्टीको सम्पर्कमा नरहेको भन्दै उनको विकल्पका रुपमा केही दिनअघि एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र अध्यक्ष कर्ण थापासहितको टोली अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेका थिए। 


रावलले आफूलाई सम्पर्कविहीन भएको भन्दै प्रदेश कमिटीका अध्यक्ष र इन्चार्जले गरेको प्रचारको खण्डन गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत् रावलले आफूलाई सम्पर्कविहीन भएको भनेर प्रचार गरिनु हास्यास्पद भएको बताएका छन्। 

उनले आफू आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्ला केन्द्रित भएको स्पष्ट पारेका छन्।

ट्विटमार्फत् रावलले भनेका छन्, ‘पार्टीको सम्पर्कमा नरहेको भन्ने के हो भनि धेरै पत्रकारले प्रश्न गर्नुभयो। म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ। योबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ। म सम्पर्कविहीन भन्नु हास्यास्पद।’

नेता रावलले एमालेको १० औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका थिए। रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि एकल सिफारिस भएको भए पनि ओली निकट एमाले नेताहरुले रावलको विकल्पमा ध्यान दिन रिपोर्टिङ गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट