१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवारी दर्तापछि रेखा थापाले भनिन्- यो युवाले गरेको विद्रोह हो

२३ आश्विन २०७९, आईतवार ०९:४५

असोज २३, मोरङ । राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।

आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् ।  थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन् । 


उम्मेदवारी दर्तापछि रेखा थापाले फेसबुकमा लेखेकी छन् : 

मेरो राजनितीक यात्रा समयको माग हो , आज मोरङका जनताको सेवाका लागी , विगत ३० बर्ष देखि संसदमा पुगेका  दलका नेताहरुले मोरङबासीकालागी गरेको काम हेर्दा , समाजले एउटा नेतृत्व वाट गर्ने अपेक्षा  र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताकाखातिर युवाले गरेको विद्रोह हो । अव पनि हामी नबोले, आमीले आवाज नउठाए कस्ले उठाउछ ? देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नो समाजकोलागी सम्म पनि उत्तरदायी बन्न् किन सकेनन ? किन हामी मोरङवासी सधै देशको, राजनीतिको केन्द्रविन्दु हुदाहुदै पनि पछि परिेका छौ त ?  यस्तै तमाम समस्याले गर्दा मैले , मोर क्षेत्र नै ३ वाट यूवा विद्रोहको रुपमा उमेद्वारी दिएकी छु ।  रंगमन्चको पर्दामा रेखाथापाको जुन खालको योगदान थियो अव नेपाली समाजको , मोरबासीको , आमाहरु अनि छोरीहरुका लागी विशेष योजना सहित  विशेष काम गर्ने छु ।

यसपटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक  जनतालाई झुट कोलेर संसद बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको विचमा आफुलाई उभ्याउने छु ।  यसपटक मोरङले राजनीतिक  उच्च चेतना  प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दाश होइनन, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन, भनेर  गतिलो जवाफ दिनेछन  भन्ने विश्वासका साथ संसदिय इतिहाँसमा मोरङले  परिर्वतनका लागी विद्रोह गदैछ , त्यो चेतनसिल विद्रोहमा मा सम्पुर्णआमा वुवा दाजुभाई दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्ने छु । मोरङबासीको जित सुनिश्चित छ ।  


तस्बिर : रेखा थापा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह