१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ कुन दलले कति महिला उम्मेदवार उठाए ?

२५ आश्विन २०७९, मंगलवार ०५:३६

असोज २५, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी २३५ जना महिलाले उम्मेदवारी दिएका छन् । 

निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमध्ये ३६ राजनीतिक दलले मात्र एक वा एकभन्दा बढी संख्यामा महिला उम्मेदवार उठाएका छन् । 

सबैभन्दा महिला उम्मेदवार स्वतन्त्ररुपमा उठेका छन् । स्वतन्त्र रुपमा ८५ जना महिलाले प्रतिनिध सभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । 

राजनीतिक दलमध्ये सबैभन्दा बढी महिला उम्मेदवार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले उठाएका छन् । तीनै पार्टीले १२÷१२ जना महिला उम्मेदार प्रतिनिधि सभा निर्वाचनमा उतारेका छन् । 

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ८, नेपाली कांग्रेसले ५, मंगोल नेशनल अर्गनाइजेसनले १०, जनता समाजवादी पार्टी, नेपालले ७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ६, हाम्रो नेपाली पार्टीले ४, राष्ट्रिय जनमुक्ति पार्टीले ८, जनमत पार्टीले २, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/ नेपाल समाजवादी पार्टीले ८, जनमत पाटीले २ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ३ जना महिला उम्मेदवार उठाएको छ । 

यस्तै, नेपाली कांग्रेस (बी.पी.)ले ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९, नागरिक उन्मुक्ति पार्टीले ३, जन समाजवादी पार्टी नेपालले ५, नेपाल आमा पार्टी/ नेपाल नौलो जनवादी पार्टी/ सचेत नेपाली पार्टी/ नेपाल सुशासन पार्टीले ३, नेकपा (माक्र्सवादी लेनिनवादी)ले २, नेकपा (एकीकृत समाजवादी)ले १, मौलिक जरोकिलो पार्टीले ३ र नेश्नलिष्ट पिपल्स पार्टीले ६ जना महिलालाई उम्मेदवार बनाएको छ । 

नेपालका लागि नेपाली पार्टीले १, आमूल परिवर्तन मसिहा पार्टी नेपालले २, जनता प्रगतिशिल पार्टी, नेपालले १, एकीकृत शक्ति नेपालले २, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले १, नेपाल जनता पार्टीले २, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले २, नेपाल संघीय समाजवादी पार्टीले १, नेपाल जनता दलले १, पिछडावर्ग निषाद दलित जनजाती पार्टीले १, राष्ट्रिय जनमोर्चाले १, जनजागरण पार्टै नेपालले १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले १ र एतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले १ जना महिला उम्मेदवार उठाएको छ । 

विवेकशील साझा पार्टीले एक जना पनि महिला उम्मेदवार उठाएको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट