२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा को कोबीच हुँदैछ भिडन्त ?

२०७९, २६ आश्विन बुधबार ०६:५०

असोज २६, काठमाडौँ | आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा २६५ जनाले उम्मेदवारी दिएका छन् । 

निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.१ मा विभिन्न दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेले युवा नेता किरण पौडेललाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले उम्मेदवारी दिएका छन् ।

 

काठमाडौं क्षेत्र नं.१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रवीन्द्र मिश्रलाई उठाएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रमा सिंह र मिश्रबीच कडा प्रतिस्पर्धा भएको थियो । थोरै मतले मात्र सिंह विजयी बनेका थिए । 

काठमाडौं क्षेत्र नं.१ मा विवेकशील साझा पार्टीले शंकर बन्जाडे र राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई उठाएको छ । 

काठमाडौं क्षेत्र नं.२ मा विभिन्न दल र स्वतन्त्र गरी ३१ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट मणिराम फुयाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का ओनसरी घर्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कुन्ती देवी पोखरेल (उपाध्याय), विवेकशील साझा पार्टीको तर्फबाट धनेज थापा र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सोविता गौतमले उम्मेदवारी दिएका छन् । 

काठमाडौं क्षेत्र नंं.३ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेकपा एमालेले कृष्ण बहादुर राई, नेपाली कांग्रेसले सन्तोष चालिसे, नेकपा (माओवादी केन्द्र)ले बद्री प्रसाद बजगाई, राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीले दुर्गा बिक्रम थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ । 

काठमाडौं क्षेत्र नं.४ मा विभिन्न दल र स्वतन्त्र गरी ३५ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले राजन भट्टराई, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीले डा. ठाकुर मोहन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले अरुण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । 

काठमाडौं क्षेत्र नं.५ मा विभिन्न दल र स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेको तर्फबाट ईश्वर पोखरेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राम प्रसाद उप्रेती र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. प्रणय शम्शेर राणा रहेका छन् । 

काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.६ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेपका एमालेले सवेन्द्र खनाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले भिमसेन दास प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीले विष्णु प्रसाद आचार्य, विवेकशील साझा पार्टीले अजित खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाललाई उम्मेदवार बनाएको छ । 

काठमाडौं क्षेत्र नं.७ मा विभिन्न दल र स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेका श्याम कुमार घिमिरे, सत्तारुढ गठबन्दनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की अस्मिता सिंह (मानुषी) यमि भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव विक्रम मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली रहेका छन् । 

काठमाडौं क्षेत्र नं.८ मा विभिन्न दल र स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले शिव सुन्दर राजवैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रकाश रिमाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)ले जीवन राम श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले विराज भक्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ । 

काठमाडौं क्षेत्र नं.९ मा विभिन्न दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले कृष्ण गोपाल श्रेष्ठ, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले कल्पना धमला, राष्ट्रिय प्रजातन्त्र पार्टीले देबेन्द्र प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीले टेक बहादुर पोखरेललाई उठाएको छ । 

निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.१० मा विभिन्न दल र स्वतन्त्र गरी १९ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा नेकपा एमालेको तर्फबाट हिमेस केसी, नेपाली कांग्रेसको तर्फबाट राजेन्द्र कुमार केसी, नेकपा (माओवादी केन्द्र)को तर्फबाट अन्जना विशंखे, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बलराम थापा, विवेकशील साझा पार्टीको तर्फबाट सनन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रदिप विष्ट रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट