Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सरकारले सात उच्च अदालतको स्थान तोक्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २९, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले  मधेशवादी दलहरुसँगको वैठकमा आजको मन्त्रीपरिषद्बाट सात प्रदेशमा उच्च अदालत स्थापना गर्ने निर्णय हुने बताएका छन् ।

वैठकमा प्रचण्डले बताए अनुसार १ नम्वर प्रदेशको विराटनगरमा, २ को जनकपुरमा, ३ को ललितपुरमा, ४ को पोखरामा, ५ को दाङमा, ६ को सुर्खेतमा र ७ को दिपायलमा उच्च अदालत रहने छ । ती अदालतमा बेन्च पनि रहनेछन् । यसबाहेक वीरगंज र ओखलढुंगामा पनि बेन्च राख्ने गरी निर्णय हुने प्रधानमन्त्रीले वैठकमा बताएको  स्रोतले बतायो ।

यस अघि संघीयता कार्यान्वयनका क्रममा सात प्रदेशमा उच्च अदालतको बाटो खुलेको थियो । व्यवस्थापिका संसद्ले आइतबार न्यायपालिकासँग सम्बन्धित ३ विधेयक पारित गरेको थियो । त्यसपछि सरकारले सातवटा प्रदेशमा एक साताभित्र उच्च अदालत गठन गर्ने प्रक्रिया शुरु गरेको थियो । यसबारे औपचारिक निर्णय गर्न मन्त्रिपरिषदको बैठक अहिले बसिरहेको बताइएको छ ।