कात्तिक १९, काठमाडौँ | निर्वाचन आयोगले नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण साेधेकाे छ । विभिन्न सञ्चारमाध्यममा वलीले विद्यार्थीहरूसँग भाेट मागेकाे भन्ने समाचार आएपछि आयाेगले उनलाई स्पष्टीकरण साेधेकाे हाे ।
आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुराज वाग्लेका अनुसार वलीले शुक्रवार दाङको बबई गाउँपालिका १ स्थित सरस्वती जनता माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यार्थीसँग भोट मागेको विषयलाई लिएर स्पष्टीकरण साेधेकाे हाे ।