Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

By साझासवाल 2 मिनेट पढाइ

<p><b>कात्तिक १९, काठमाडौँ |</b>&nbsp; निर्वाचन आयोगले नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वलीलाई&nbsp; स्पष्टीकरण साेधेकाे छ । विभिन्न सञ्चारमाध्यममा वलीले विद्यार्थीहरूसँग भाेट मागेकाे भन्ने समाचार आएपछि आयाेगले उनलाई स्पष्टीकरण साेधेकाे हाे ।&nbsp;<br></p><p>आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुराज वाग्लेका अनुसार वलीले शुक्रवार दाङको बबई गाउँपालिका १ स्थित सरस्वती जनता माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यार्थीसँग भोट मागेको विषयलाई लिएर&nbsp; स्पष्टीकरण साेधेकाे हाे ।&nbsp;</p>