मङ्सिर ४, काठमाडौँ | काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैलाई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेकी छन् ।
काठमाडौंको ९ नम्बर निर्वाचन क्षेत्रको २१ नम्बर वडामा मतदान गर्दै उनले यस्तो बताएकी हुन् ।

‘मैले मेरो संविधानको प्रयोग गरेर मतदान गरें,’ मतदानपछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘अरुलाई पनि कुनै डर, त्रास, धाकधम्की र लोभमा नपरी आफ्नो मताधिकार प्रयोग गर्नुहुन आग्रह गर्दछु ।’
उनले अहिलेको निर्वाचनमा सरकार निर्माणका लागि पनि महत्त्वपूर्ण भएको र देशलाई कुन दिशातर्फ लैजाने भन्ने निर्णय गर्ने भएकाले पनि सबैलाई मतदान गर्न आग्रह गरिन् । ‘त्यसकारण पनि यो निर्वाचन महत्त्वपूर्ण छ,’ उनले भनिन्, ‘घरमा बसिरहनुभएको छ र मतदान गर्नुभएको छैन भने पनि मतदान गर्न आग्रह गर्दछु ।’