मङ्सिर ६, चितवन । चितवन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् ।

यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा चितवन-१ बाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।

November 22, 2022
काठमाडौँ - KTM, राजनीति
चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी झन्डै एक हजार मतान्तरले अगाडी, पछिपछि कांग्रेस
By साझासवाल
2 मिनेट पढाइ