४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जितको शुभकामना दिँदै मेयर बालेनले भने : दिगो विकासका लागि सहकार्य आवश्यक छ

८ मंसिर २०७९, बिहीबार ११:५३

मंसिर ८, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित उमेदवारलाई बधाई दिएका छन्।  बिहिबार सामाजिक सञ्जालमा  निर्वाचित हुने उमेदवारको फोटोसहित स्टाटस राख्दै शुभकामना दिएका हुन्। 

'देशभरीका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौं महानगर जोडिनु पर्ने अवस्था हुन्छ। काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्छन्', उनले लेखेका छन्। काठमाडौं महानगरको विकासका लागि महानगर एक्लैले गर्न नसक्ने उनले बताए। 

उनले लेखेका छन्, ‘कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरू यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ। खोला किनार व्यवस्थापन  , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरूको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ।’ काठमाडाैं महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन  सबैको साथ आवश्यक हुने  बताएका छन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ