१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकमा कति मत पाउने दल संसद् पुग्छन्? राष्ट्रिय दल बन्न कति चाहिन्छ?

९ मंसिर २०७९, शुक्रबार ०८:४३

मंसिर ९, काठमाडौं | प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने देखिएको छ।

कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये ६१ प्रतिशत मतदानमा सहभागी हुँदा देशभरबाट एक करोड ९ लाख ७० हजार बढी मतदान भएको देखिन्छ।

विगतको निर्वाचनमा प्रतिनिधिसभामा र प्रदेशसभा दुवैको समानुपातिक मतपत्र एउटै भएका कारण धेरै मत बदर भएको थियो। प्रत्यक्षतर्फ तीन प्रतिशत बढी मत बदर भएको थियो। यो निर्वाचनमा पनि तीन प्रतिशतकै हाराहारीमा मत बदर हुनसक्ने आशङ्का निर्वाचन आयोगका अधिकारीहरूले गरेका छन्।

मतदानस्थल

आयोगले अनुमान गरेजस्तै तीन लाख हाराहारी मत बदर भएको अवस्थामा एक करोड ६ लाख मतको तीन प्रतिशत मत ल्याउने दलले समानुपातिक प्रणालीबाट संसद्मा आफ्ना उम्मेदवार निर्वाचित गराउन सक्छ।

बदर भएको मत घटाएर कुल सदर मतको तीन प्रतिशत मत तीन लाख २० हजार आसपास हुन आउँछ। प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा तीन प्रतिशत भन्दा कम मत ल्याउने दलहरूको मत “दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन” भन्ने व्यवस्था उल्लेख छ।

जस अनुसार तीन प्रतिशत नपुर्‍याउने कैयौँ दलहरूले प्राप्त गरेको मत गणना हुँदैन।

निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ४८ वटा दलले भाग लिएका छन्।

प्रत्यक्षमा सिट नजिते समानुपातिक सिट गणना हुन्छ?

समानुपातिक प्रणालीमा तीन प्रतिशत मत कटाए पनि प्रत्यक्षमा एउटा क्षेत्र पनि नजितेका दलहरूले समानुपातिक प्रणालीबाट मात्रै सांसद पठाउन पाउँछन् वा पाउँदैनन् भन्नेबारे कतिपयले चासो लिएको देखिन्छ।

तर निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले समानुपातिक प्रणालीमा तीन प्रतिशत मत पाएका दलले प्रत्यक्षमा सिट नजिते पनि संसद्मा प्रतिनिधित्व गर्न पाउने प्रस्ट पारे।

“दुवै प्रणालीबाट निर्वाचित हुनुपर्ने आवश्यकता राष्ट्रिय दल बन्नका लागि मात्रै हो। समानुपातिक प्रणालीमा तीन प्रतिशत कटाएपछि उक्त दलले मत अनुसार पाउने सिट पाउँछ,” अर्यालले भने।

राष्ट्रिय दल बन्ने मापदण्ड के हो?

राजनीतिक दल सम्बन्धी ऐन अनुसार प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ।

“प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछ,” ऐनमा भनिएको छ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा जम्मा पाँच वटा दलले मात्रै समानुपातिक तर्फ तीन प्रतिशत भन्दा बढी मत ल्याएका थिए।

तर ती पाँच वटा दलका विभाजन र एकताका कारण पछि चुनावसम्म आइपुग्दा छ वटा भए।

अघिल्लो पटक संसद्मा राष्ट्रिय दल बनेका केही दलहरू विभाजित भएर निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको वास्तविकता र केही नयाँ दलहरूको उदयका कारण यो निर्वाचनमा तीन प्रतिशत मत कटाउने दलहरूको सङ्ख्या यसअघिको निर्वाचन भन्दा बढी हुनसक्ने आकलन गरिएको छ। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड