१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेले नेपाली नागरिकता नलिई चुनाव लडेको भन्दै गृह मन्त्रालयमा उजुरी

९ मंसिर २०७९, शुक्रबार ०९:०६

मंसिर ९, काठमाडौं | चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रतिनिधिसभाको उम्मेदवार समेत भएको भन्दै मन्त्रालयमा गरेको उजुरी मंसिर ९ गते दर्ता भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् । 


गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको दर्ता नं. १९१ रहेको र सो शाखाबाट च.न. १५७ रही नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखामा गएर आवश्यक कारबाही अगाडि बढेको उनले जनाएका छन् । 

गृहमन्त्रालयमा सह प्रवक्ता वसन्त भट्टराईले सांसद लामिछानेविरुद्ध उजुरी परेको अनौपचारिक जानकारी रहेको बताए । उनले सो उजुरी बारेमा के गर्ने भन्नेबारेमा गृहसचिवले निर्णय लिने बताए । यसअघि लामिछाने विरुद्ध निर्वाचन आयोगमा पनि लामिछाने अमेरिकाबाट फर्किएपछि रद्ध भइसकेको नेपाली नागरिकता प्रयोग गरी उम्मेदवारी दर्ता गरेको भन्दै उजुरी  परेको थियो ।  मतगणनाको अन्तिम परिणाम आइसकेकोले आयोगले सो विवाद हेर्ने आफ्नो क्षेत्राधिकार सकिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा