Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अब माेबाइलमा सिम कार्ड नचाहिने, नेपाल टेलिकमले ई-सिम वितरण गर्दै

By साझासवाल 3 मिनेट पढाइ

<p><b>मङ्सिर १२, काठमाडौँ । </b>नेपाल टेलिकमले&nbsp; देशभरका सबै दूरसञ्चार कार्यालयबाट इम्बेडेड सिम अर्थात् ई–सिम वितरण थालेको हो ।<br></p><p>यसअघि गएको भदौ ३१ गतेदेखि काठमाडौको सुन्धारामा रहेको&nbsp; ग्राहक सेवा केन्द्रबाट टेलिकमले ई–सिम वितरण शुरु गरेको थियो । अब भने देशभरका दूरसञ्चार कार्यालयहरुबाट ई–सिम लिन सकिने टेलिकमले जनाएको छ । अहिले भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।</p><p>उहाँले मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्ने र&nbsp; क्यूआर कोडको सुविधा भएका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिने जानकारी दिनुभयो । आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन&nbsp; गर्न *#06# डायल गर्नुपर्छ । ई-सिम राखेपछि अहिले राख्दै आएको सिमकार्डलाई मोबाइल फाेनमा राख्नुपर्नेछैन ।</p>