१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाबाट को-को बन्दैछन् समानुपातिक सांसद?

२२ मंसिर २०७९, बिहीबार ०५:२०

मङ्सिर २२, काठमाडौँ | गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएसँगै निर्वाचन आयोगले समानुपातिक मतको आधारमा दलहरूले पाउने सिट निर्धारण गरेको छ। 

बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरेसँगै मत परिणामको अन्तिम टुंगो लागेको हो। समानुपातिकमा थ्रेसहोल्ड कटाएका दलहरूले तीन दिनभित्र समानुपातिक सांसदको सूची निर्वाचन आयोगलाई बुझाउनुपर्ने हुन्छ।


सोही अनुरुप प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमा पनि ७ सिट पुर्‍याएको छ।

राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएको राप्रपा १४ सिट पुर्‍याएसँगै राष्ट्रिय राजनीतिको पाँचौँ शक्ति बन्न सफल भएको छ। २०७४ को निर्वाचनमा राप्रपा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सिटमा खुम्चिएको थियो। यस पटक राम्रपाले समानुपातिकतर्फ ५ लाख ८८ हजार ८ सय ४९ मत प्राप्त गर्दै प्रतिनिधि सभामा समानुपातिकतर्फ ७ सिट जितेको हो।

राप्रपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा प्रतिनिधि सभामा समानुपातिकतर्फ सदस्य चुनिने छन्। संवैधानिक व्यवस्थाअनुसार तीमध्ये राप्रपाले बन्दसूचीमा परेका दुई महिलालाई अनिवार्य प्रतिनिधि सभा सदस्य बनाउनु पर्ने छ। 

विद्यमान संवैधानिक व्यवस्थामा प्रतिनिधि सभामा आदिवासी–जनजाति २८.७० प्रतिशत, खस–आर्य ३१.२० प्रतिशत, थारु ६.६० प्रतिशत, दलित १३.८० प्रतिशत, मधेशी १५.३० प्रतिशत र मुस्लिम ४.४० प्रतिशत हुनुपर्ने विषय अनिवार्य छ। जसअनुसार विभिन्न क्लस्टरअन्तर्गत बन्दसूचीको पहिलो नम्बरमा नाम समावेश भएका १५ जनाबाट राप्रपाले ७ सदस्य छान्नु पर्ने देखिन्छ। 

विभिन्न क्लस्टर अन्तरगत पहिलो नम्बरमा बन्दसूचीभित्र पर्न सफल बुद्धिमान तामाङ, बिना लामा, सुमित्रा गुरुङ, पशुपति शमशेर जबरा, रोशन कार्की, देवकुमारी पराजुली, कृष्णमाया हिताङ, गिरिधारीप्रसाद चौधरी, शिलाकुमारी थारु, ऋषिबाबु परियार, अनिसा नेपाली, प्रह्लादप्रसाद साह, बिना जयसवाल, अन्जरा आलम र नाजिया खातुन मध्ये ७ जना समानुपातिक सांसद हुने निश्चित छ। 

बुद्धिमान तामाङ आदिवासी–जनजाति क्लस्टरअन्तर्गत पुरुषबाट र बिना लामा महिलाबाट पहिलो नम्बरमा पार्टीको बन्दसूचीमा परेका छन्। पशुपति शमशेर जबरा खस–आर्य क्लस्टरमा पुरुषतर्फ र रोशन कार्की महिलातर्फ बन्दसूचीको १ नम्बरमा राखिएका छन्।  पिछडिएको क्षेत्रबाट आदिवासी–जनजाति क्लस्टरअन्तर्गत महिलातर्फ सुमित्रा गुरुङ, खस–आर्य क्लस्टरमा महिलातर्फ कृष्णमाया हिताङ तथा पुरुषतर्फ श्यामबहादुर शाहीको नाम बन्दसूचीको पहिलो नम्बरमा समावेश छ।

खस–आर्य क्लस्टरमा अपाङ्गता भएकाबाट देवकुमारी पराजुलीलाई, थारु क्लस्टरमा पुरुषतर्फ गिरिधारीप्रसाद चौधरी र महिलातर्फ शिलाकुमारी थारुलाई, दलित क्लस्टरमा पुरुषतर्फ ऋषिबाबु परियार र महिलातर्फ अनिसा नेपालीलाई एक नम्बरमा राखेर राप्रपाले बन्दसूची बुझाएको छ। 

यस्तै मधेशी क्लस्टरमा पुरुषबाट प्रह्लादप्रसाद साह र महिलाबाट बिना जयसवाल तथा मुस्लिम क्लस्टरमा पुरुषबाट अन्जरा आलम र महिलाबाट नाजिया खातुनको नाम बन्दसूचीमा पहिलो क्रममा सूचीकृत छ। 

राप्रपाबाट राजेन्द्र लिङ्देन (झापा–३), धवलशमशेर जबरा (बाँके–२), दीपक बोहरा (रुपन्देही–३), विक्रम पाण्डे (चितवन–३), ज्ञानेन्द्रबहादुर शाही (जुम्ला), दीपकबहादुर सिंह (मकवानपुर–१) र धु्रवबहादुर प्रधान (नवलपरासी–२) प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह