२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्को विश्वकपमा ४८ टोली

२०७९, २२ मंसिर बिहीबार ०७:५०

मङ्सिर २२, काठमाडौँ | विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निर्णय गरिसकेको छ, अर्को विश्वकपमा ४८ टिम हुनेछन्। सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकप हालसम्मकै विशाल हुनेछ।

यसको अर्थ कतारमा ‘कमजोर भनिएका’ धेरै टिमले अमेरिका, क्यानडा र मेक्सिकोमा खेल्ने मौका पाउनेछन्। यो ती सबैका लागि सुखद् समाचार हो, जसले साउदी अरबले अर्जेन्टिनालाई हराउँदा, जापानले दुई विश्वकप विजेता स्पेन र जर्मनीलाई स्तब्ध पार्दा, मोरक्कोले बेल्जियम र स्पेनलाई प्रतियोगिताबाटै निकाल्दाको मजा लिए। चार वर्षपछि यस्ता धेरै सरप्राइजले पर्खिरहेका हुनेछन्। तर, अझै पनि विश्वकपको आगामी संस्करण अझै भव्य र विशाल हुन्छ भन्ने निश्चित छैन।


एकातिर साउदीले यसपाली अर्जेन्टिनाविरुद्ध २–१ को जितसँगै दन्त्यकथा लेखे जस्ता धेरै अवसर हुनेछन्। अर्कातिर स्पेन र कोस्टारिकाको ७–० जस्ता एकतर्फी खेल पनि धेरै हुनसक्छन्। जारी विश्वकपमा इङ्ल्यान्डले इरानलाई ६–२, फ्रान्सले अस्ट्रेलियालाई ४–१ ले हरायो। कतार २२ औं संस्करणमा आएर उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक बन्यो। त्यसैले फिफाले अझै धेरै राष्ट्रको सहभागिता सुनिश्चित गरेसँगै प्रतियोगितालाई प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउन अझै गृहकार्य गनुपर्ने देखिन्छ।

‘यसको अर्थ हामी १६ वटा राम्रा टिमलाई विश्वकपमा देख्न पाउने छौं,’ फिफाका ग्लोबल फुटबल विकास प्रमुख आर्सेन वेङ्गर भन्छन्। उनी फिफाको ४८ मुलुकको विश्वकप अझै उत्साहजनक हुनेमा विश्वस्त छन्।

 सबै महाद्वीपले धेरै टिमलाई सहभागी गराउने मौका पाउने र फिफाका दुई सय ११ वटै सदस्य राष्ट्रहरूका टिम मात्रै सहभागी हुने होइन, धेरैले प्रत्यक्ष हेर्ने र यसबाट फुटबलको विकास हुने आसमा फिफाले यो निर्णय गरेको हो। ‘यदि राष्ट्रिय टिमले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उत्रिने मौका पाउँछ भने त्यो देशमा निश्चय नै फुटबलको विकास धेरै हुन्छ,’ वेङ्गरले भनेका छन्। जारी विश्वकप मध्यपूर्वमा पहिलो पटक आयोजना भइरहेको हो। त्यति मात्र होइन, फुटबलको सबैभन्दा प्रिय ठाउँ युरोप र दक्षिण अमेरिकाभन्दा धेरै टाढा हो।

मध्यपूर्वमा जारी विश्वकपका कारण फिफाकै पनि तीव्र आलोचना भयो। मैदान बाहिर जति विवाद् र आलोचना भएपनि मैदानमा भएका रोमाञ्चक खेलले ४८ टिम सहभागी हुँदा अझै भव्य र विशाल हुन्छ भन्ने संकेत यो संस्करणले दिइरहेको छ।

फिफाले सन् २०१७ मा ४८ टिम हुने निर्णय गरेपछि विश्वकपको वास्तविक ढाँचा कुन हो ? भनेर धेरै प्रश्न पनि उठेका थिए। फिफाले सुरुआतमा तीन टिम सम्मिलित १६ टिम बनाउने संकेत गरेको थियो। जसको तीव्र आलोचनपछि फिफाले १२ समूह बनाएर प्रत्येक समूहमा चार टिम राख्ने सम्भावना छ। यद्यपि, वेङ्गरले भने यसबारे निर्णय भइनसकेको बताएका छन्।

यसपालि कतारमा एसियाबाट जापानसहित तीन टिमले अन्तिम १६ मा स्थान बनाए। यसअघि दुई भन्दा धेरै एसियाली मुलुकले नकआउटमा स्थान बनाउन सकेका थिएनन्। समूह चरणमा अफ्रिकी टिमले सबैभन्दा धेरै अंक बटुले, मोरक्को साविक उपविजेता क्रोएसिया र विश्व नम्बर दुई बेल्जियम भएको समूहबाट विजेता बन्यो। अन्तिम १६ मा पनि स्पेनलाई पेनाल्टीमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ। पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्ने पहिलो टिम क्यामरुन बन्यो, यी सबै विश्वकपमा पहिलो पटक कतारमा सम्भव भए।

‘विश्वकप कसरी अगाडि बढ्दै छ, त्यो हेर्नुहोस्,’ सेनेगलका मुख्य प्रशिक्षक अलियु सिसेले भनेका छन्, ‘अहिले ३० वर्ष अगाडि जस्तो छैन, जब ठूला माछाले साना माछा जिउँदै निल्थे।’

कतारमा अन्तिम १६ सम्म पुगे पनि जापानी खेलाडी ताकेफुसा कुबो ‘उनीहरूले एसियालाई कमजोर आँक्ने’ बताउँछन्। घानाका प्रशिक्षक ओट्टो अड्डोले अफ्रिकाले धेरै क्वोटा पाउनुपर्ने र टिमहरूको अगाडि जाने मौका पनि धेरै भएको बताउँछन्।

यद्यपि, विश्वकपको अन्तिम नतिजामा ४८ टिम नै सहभागी भएपनि खासै फरक हुनेमा विश्वस्त हुन सकिँदैन। अझै पनि दक्षिण अमेरिकी र युरोपेली मुलुकहरू नै ठूला माछा बनिरहेका छन्। हालसम्मका २१ वटा विश्वकप उपाधिमध्ये १२ वटा युरोपमा छन्। बाँकी ९ वटा दक्षिण अमेरिकामा छन्। विश्वकपको करिब १०० वर्षको इतिहासमा यी दुई महादेश बाहिरिका टिम फाइनलसम्म पनि पुगेका छैनन्।

हालसम्मका ८४ मध्ये ८२ सेमिफाइनललिस्ट टिम पनि युरोपियन र दक्षिण अमेरिकी छन्। सन् १०३० मा अमेरिका र २००२ मा दक्षिण कोरियाले ती दुई महादेश बाहिरबाट विश्वकपको सेमिफाइनलमा स्थान बनाएका छन्।

कतारमा समूह चरणमा अन्य महादेशका टिमले राम्रो प्रदर्शन गरे। तर, क्वार्टरफाइनलबाट मोरक्को मात्रै अगाडि जान सक्यो। सेमिफाइनल प्रवेशका लागि मोरक्कोले पोर्चुगलसँग खेल्ने छ। दक्षिण कोरिया, जापान, सेनेगल, अमेरिका र अस्ट्रेलिया अन्तिम १६ बाटै बाहिरिए।

सिसेको अफ्रिकी च्याम्पियन टिम सेनेगल नकआउटमा इङ्ल्यान्डसँग ३–० गोल खाँदै बाहिरियो। एसियाली बरियताको तेस्रो स्थानको दक्षिण कोरिया पनि ब्राजिलसँग ४–१ को नतिजामा पराजित भयो। दक्षिण कोरियाली स्टार ह्युङ मिन सनले इर्ष्यालु अन्दाजमा भनेका थिए, ‘उनीहरूका खेलाडी त हेर…’

तर, ठूलो प्रतियोगिताका अझै धेरै टिमलाई अवसर मिल्ने चाहिँ निश्चित छ। फिफाले बताएअनुसार सन् २०१८ विश्वकप संसारका आधाभन्दा धेरै जनसंख्या (३.५ बिलियन)ले हेरेका थिए। विश्व फुटबलको सर्वोच्च निकाय पिफाले कतारबाट पनि ७.५ बिलियन अमेरिकी डलर नाफा कमाउने निश्चित छ।

सहभागी मुलुकको संख्या ३२ देखि ४८ पुगेसँगै विश्वकपले झन् धेरैसँग व्यापारको मौका पाउने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट