१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसलाई ठूलो पार्टी बनाएकोले शेरबहादुर नै संसदीय दलको नेता र प्रधानमन्त्रीः आरजु

३ पुष २०७९, आईतवार ०८:४५

पुस ३, काठमाडौँ | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवा राणाले कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने बताएकी छन् । कांग्रेस ठूलो पार्टी भएकोले सरकारको नेतृत्व देउवाले नै गर्ने उनको भनाइ छ । 

आइतवार समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि आरजुले देउवा नै संसदीय दलको नेता बन्ने दाबी गरेकी हुन् ।


‘मेरो कुनै तयारी छैन, पार्टीलाई लार्जेष्ट बनाएकोले शेरबहादुर देउवा नै संसदीय दलको नेतामा लड्नु हुन्छ’, आरजुले भनिन्, ‘गठबन्धनभित्रको सबभन्दा ठूलो दलको नेताको हैसियमा प्रधामन्त्री पनि उहाँ नै हो ।’

संसदीय दलको नेताका लागि कांग्रेसभित्र चुनाव हुनु स्वभाविक भएको उनले बताइन् । ‘हाम्रो लोकतान्त्रिक पार्टी हो, देउवाले सन् २००० देखि गिरिजाप्रसाद कोइरालासँग लड्नु भएको हो । प्रतिष्पर्धा गरेर जानुपर्छ’, उनले भनिन् ।

प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी अस्वाभाविक नभएको उनको प्रतिक्रिया थियो । ‘प्रधानमन्त्रीमा सबैको दाबी छ, जसले दलबाट जितेर आउनु भएको छ । मलाई ज्योतिषी ज्ञान त आउँदैन, तर प्रधानमन्त्री शेरबहादुरजी हुनुहुन्छ’, आरजुले भनिन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह